एनआरएन यूकेमा कसरी भोट हाल्ने ? कहाँ कहाँ छन् निर्वाचन केन्द्र /के गर्न पाइन्छ के पाइदैन ?

लन्डन । एनआरएन यूके निर्वाचनको लागि बेलायतका विभिन्न क्षेत्रमा रहने कुल १३ वटा निर्वाचन बुथ सार्वजनिक गरिएको छ । निर्वाचन समितिका तर्फबाट सहसंयोजक एवम प्रवक्ता शिवजी श्रेष्ठले बुधबार बिहान एक सुचना जारी गर्दै बुथ र ती बुथमा खटिने निर्वाचन आयुक्तको नाम सार्वजनिक गरेका हुन् ।

यसअघि निर्वाचन समितिले मंगलबार साँझ मुख्य पदका उम्मेद्वार, संरक्षक, संघसंस्थाका प्रमुख,पत्रकार लगायतसँग एक छलफल आयोजना गरेको थियो । उक्त अवसरमा निर्वाचनसम्बन्धी विभिन्न जनकारी गराइनुका साथ मतदान र गणना प्रक्रियासम्बन्धी विभिन्न विषयमा समझदारी निर्माणको कोशिस गरिएको थियो ।

यहि सेप्टेम्बर १४ तारिख शनिबार बिहान ८ देखि साँझ ८ बजेसम्म मतदानको कार्यक्रम छ । सोही दिन बेलुकाबाट मातगणना सुरु गर्ने र अाइतबार घोषणासभामार्फत अन्तिम नतिजा सार्वजनिक गरिने निर्वाचन समितिले जनाएको छ ।

हेरौं, निर्वाचन बुथ र आयुक्तको नामावली-

Addresses for Polling stations and responsible EC 1. Reading EC Member – Maj Retd Krishna Gurung Address: 1a Cumberland Road{ Redcarpet} RG1 3LB Berkshire England 2. Ashford Kent EC Members- Lt Retd Siri Limbu and RASTRA RAI Address: St Francis Church (Bihibare) Cryol Road Ashford TN23 5AS Kent 3. Leicester – Midlands EC Member – Raju Kandel Address: Beaumont Leys School Anstey Lane Beaumont Leys Leicester LE4 0FL 4. Swindon EC Member – Umesh Moktan Address: Buckhurst Park Community Centre Burghley Close Walcot SN3 3BS 5. Basingstoke EC Member – Naresh Khapangi Magar Address: Chute House, Churchill Way Basingstoke RG21 7QT 6. Aldershot EC Members- Maj Retd Damar Ghale, Shibaji Shrestha, Dut Pun Address: Empire Hall High St Aldershot GU11 1DJ 7. Birmingham EC Member – Retd Lt Col Yam Rana Address: Masonic Hall (West Bromwich) Ltd. Petter St, West Bromwich B70 8NN Birmingham 8. South East London EC Member – Karna Shahi Address: Mulgrave Primary School Rectory Place, Woolwich, London SE18 5DL, 9. South Harrow EC Member – Dr Sumaya RAI Address: South Harrow sports club Valentine road , South Harrow HA2 8EG 10. Belfast, Northern Ireland – Tika Ram Kandel The Sarpon Restaurant Belfast 128 Upper Lisburn Road, Belfast, Co Antrim Northern Ireland, UK BT10 0BE. 11. Cardif, Wales – Bikash Ranapaili Roath Social Club 7-11 Cyril Crescent Cardiff CF24 1DQ 12. Edinborough- Ram Bagale Himalayan Centre 121 Great Junction Street EH6 5JB Edinburgh City Of Edinburgh Scotland 13. Glasgow- Dr Ram Adhikari 1 Priory Avenue Paisley, PA3

निर्वाचन समितिले बुधवार एक सूचना जारी गर्दै १३ बुंदे नियम सार्वजनिक गरेको हो ।

सूचना जस्ताको तस्तै:

गैर आवासीय नेपाली संघ युकेको राष्ट्रिय समन्वय परिषद, राज्य परिषद्हरु अन्तर्राष्ट्रिय समन्वय परिषद्मा प्रतिनिधित्व गर्ने सदस्यहरुका लागि यही शनिबार, सेप्टेम्बर १४, २०१९ का दिन हुन गइरहेको निर्वाचनका लागि सबै मतदाताहरुमा निर्वाचन समितिका तर्फबाट यो सूचना जारी गरिएको छ ।

१) निर्वाचनमा भाग लिने सबै मतदाताहरुले अनिवार्य रुपमा फोटो भएको परिचय पत्र (ड्राइभिङ लाइसेन्स, पासपोर्ट वा एनआरएनए युकेको परिचयपत्र आदि) ल्याउनुपर्नेछ ।

२) निर्वाचन बिहान ८ बजेदेखि साँझ ८ बजेसम्म तोकिएका निर्वाचन केन्द्रहरुमा हुनेछन् । सो समयभित्र निर्वाचन हलमा प्रवेश गरेका मतदाताहरुलाई मात्र मतदान गर्न दिइने छ । सो समयसीमा पछि आउने मतदातालाई मतदान गर्न दिइने छैन ।

३) मतदान गर्दा निर्वाचन समितिले तोकेको कलम मात्र प्रयोग गर्न पाइने छ । तोकिएको बाहेक अन्य रंगको कलममसीको प्रयोग भएको पाइए सो मतपत्र बदर हुनेछ । मतदानपछि मतपत्र समितिले उपलब्ध गराएको मतपेटिकामा खसाउनुपर्नेछ । मतपत्रका साथमा अरु कुनै कागज भेटिए सो मतपत्र स्वत बदर हुनेछ ।

४) उम्मेदवारको नाम नेपाली र अंग्रेजीमा वर्णमालामा तस्वीरसहित हुनेछ । उनीहरुको नामको दायाँपट्टि रहेको बाकसभित्र पर्ने गरी टिक ✅ लगाउनुपर्नेछ ।

५) मतदाताले एकपटक मात्र दिन पाउने छन् । कुनै कारणवश मतपत्र केरमेट गरे अर्को मतपत्र दिइने छैन ।

६) कुनै पनि मतदाताको परिचयमाथि शंका उत्पन्न भएमा सम्बन्धित निर्वाचन केन्द्रमा खटिएका निर्वाचन आयुक्तको निर्णय अन्तिम हुनेछ । यस्तो निर्णय गर्नुपूर्व अध्यक्षका उम्मेदवारका प्रतिनिधिहरुसित परामर्श भने गरिनेछ ।

७) मतदान गर्दा लाइनमा बसी शान्तपूर्वक मतदान गर्नुपर्नेछ । मतदान हलमा होहल्ला गर्न, मतदातासित भोट भाग्न, अरुले मतदान गरिरहेको हेर्न वा भिडियो, अडियो वा फोटोबाट रेकर्ड गर्न, मतदातालाई प्रभावित पार्ने कुनै पनि क्रियाकलाप गर्न पाइने छैन । मतदान हलभित्र कुनै पनि उम्मेदवारको पम्प्लेट, पोस्टर वा निर्वाचन प्रचारको सामग्री लैजान पाइने छैन । मतदान हल प्रवेश गरिसकेपछि फोनमा कुरा गर्न पाइने छैन । मतपत्र प्राप्त गरिसकेपछि मतपत्र नबुझाई हल छोड्न पाइने छैन । मतदान गरेपछि शान्तपूर्वक हलबाट बाहिर निस्कनुपर्ने छ ।

८) यदि कुनैपनि व्यक्तिले मतदान केन्द्र वरपर होहल्ला वा अभद्र ब्यबहार गरेमा निर्वाचन आयुक्त वा निर्वाचन अधिकृतले निजलाई बाहिर निकाल्न सक्नेछ ।

९ ) मतदानस्थलमा उम्मेदवार, अध्यक्षका उम्मेदवारको तीन-तीन जना प्रतिनिधि, पर्यवेक्षक, निर्वाचन समिति र स्वयंसेवकबाहेक अन्यलाई आवतजावत गर्न वा बस्न दिइने छैन ।

१०) मतदान हलमा चुनावी प्रसारप्रसार गर्न, पोस्टर पम्प्लेट टाँस्न, प्रचारात्मक सामग्री लगाउन निषेध गरिएको छ ।

११) मतदान केन्द्र भित्र फोन, ग्याजेट लैजान पाउने छैन, त्यसैगरी कुनैपनि किसिमको नमुना मतपत्र वा कागज लगि मतपत्रमा उतार गर्न पाइने छैन ।

१२) शारीरिक रुपमा अशक्त, अपाङ्ग वा आँखा नदेख्ने अन्धा मतदाताको हकमा बाहेक अन्य मतदाता स्वयमले नै मतदान गर्नु पर्नेछ। अपाङ्ग र अन्धाको हकमा मात्रै अबस्था हेरि निर्वाचन आयुक्तले निज मतदाताले भनेको उम्मेदवारको चिन्ह लगाई सहयोग गर्न सक्नेछ।

१३) निर्वाचनसम्बन्धी कुनै विवाद आएमा निर्वाचन समितिले गरेको निर्णय नै अन्तिम हुनेछ ।

मे रि डमर घले, प्रमुख निर्वाचन आयुक्त

शिवजी श्रेष्ठ, सह-प्रमुख निर्वाचन आयुक्त

एनआरएन युके, निर्वाचन समिति
११ सेप्टेम्बर २०१९

Leave a Reply

Your email address will not be published. Required fields are marked *