लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए)यूके को आगामी शनिबार हुन लागेको आसन्न निर्वाचनमा अध्यक्षका प्रत्यासी शेरबहादुर सुनार अग्रपंक्तिमा रहेको विश्लेषकहरुले पूर्वानुमान गरेका छन् । सुनारले प्रतिद्वन्द्वी पुनम गुरुङलाई पछि पार्ने पछिल्ला चुनावी गतिविधिले देखाएको हो ।
१३ हजार ६ सय बढि मतदातामध्येबाट करिब ६० प्रतिशत मत सुनारको पक्षमा जाने आंकलन गरिएको छ ।सवैलाई समेटेर समावेशी टिमका साथ मैदानमा उत्रिएका सुनारले करिब ८ हजार सदस्यता बनाएका छन् । मिनलसार, मृदुभाषी र एनआरएन अभियानमा लामो समय देखि अहोरात्र खटिएका सुनारले अहिले उपाध्यक्ष हुंदा १० हजार सदस्यता बनाउने अभियान शुरु गरेका थिए । तर झण्डै १४ हजार हाराहारीमा सदस्य बनेपछि एनआरएनए यूके विश्वका ८० अरु समितिभन्दा ठूलो एनसीसी बनेको छ । इतिहास रचेका कारण पनि उनलाई ‘पपुलर मत’ आउने विश्वास गरिएको छ । 
अर्की प्रत्यासी पुनम गुरुङले सबै तमुहरुको मत आफुले पाउने आंकलन गरेकी थिइन्, तर लमजुंग समाज तथा प्हेलु संघसंग आबद्द तमुहरु भनेर खुलेर शेरकै पक्षमा लागेको देखिन्छ। भूतपूर्व गोर्खा सैनिक सुनारलाई गोर्खा समुदायसहित राई, लिम्बु, मगर र अन्य समुदायले स्वतस्फूर्त सहयोग गरेको छ । सुनारलाई प्रजातन्त्रवादी पक्षको मात्र होइन, ऊनको पूर्वाग्रहरहित सरल स्वभावका कारण सवै राजनीतिक दलप्रति आस्था राख्नेले पनि साथ र सहयोग दिईरहेका छन् ।
सुनारले भूपू गोर्खा मुद्दा, गैर आवासीय नेपाली नागरिकता सवाल, बेलायतका नेपालीको हकहित, एनआरएन कार्यालय जस्ता महत्वपूर्ण मुद्दालाई आफ्नो प्राथमिकतामा राखेकाले पनि उनी सर्वसाधारणदेखि अभियन्ताहरुको समेत रोजाइमा परेका हुन् । भूतपूर्व गोर्खा सैनिक शेर सुनारले विगत दुई वर्षदेखि आफ्नै भेटघाट रेस्टुरेन्ट कै सभाहलमा निशुल्क एनआरएन कार्यालय पनि ऊपलव्ध गराऊँदै आईरहेका छन्।
‘एनआरएनए यूकेमा यसपालि नजिर ‘ब्रेक’ हुने र ईतिहासमै पहिलो पटक एक अत्यन्तै ऊत्पीडित समुदायका शेर सुनारले न्याय पाऊने विश्वास गरिएको छ,’ एक विश्लेषकले भने, ‘सुनारको त्याग र सामाजिक कार्यमा निरन्तर संलग्नताले उनी बलियो स्थानमा रहन सफल भएका हुन् । सुनार डेढ दशकदेखि निरन्तर सक्रिय छन् । सुनार बेलायतको नेपाली समुदायका लागि बगाएको पसिना र च्यारिटी कामको फेहरिस्त लामै छ ।
सुनारले बेलायतस्थित विभिन्न नेपाली सामाजिक संघसंस्थामा काम गरेका छन् । सिर्जनशिल नेपाली समाज यूके र गोर्खाज इन्टेक १९८५ का संस्थापक अध्यक्ष उनले अरु आधा दर्जन बढि संस्थामा महत्वपुर्ण जिम्मेवारी वहन गरिसकेका छन् । बेलायती सेनामा १८ वर्षको सेवाबाट अवकाश लिइसकेपछि बेलायतमा बस्दै आएका उनी एनआरएन यूकेमा स्थापनाकालदेखि नै आबद्ध रहंदै आएका छन् ।
आमाको आशिर्वाद लिंदै उम्मेदवारी घोषणा गरेका सुनारले एनआरएन यूकेको छविलाई माथि उकास्ने र एनआरएनएको एक उदाहरणीय एनसिसीका रुपमा अघि बढाउने प्रतिबद्धता गरेका छन् ।






