तक्दीर अधिकारी
सिड्नी । गैरआवासीय नेपाली संघ (एनआरएनए) उपाध्यक्ष पदमा अस्ट्रेलियाबाट मन केसीले उम्मेदवारी दिने घोषणा गरेका छन् । केसीले शनिबार सिड्नीमा आयोजित घोषणासभामा आफू एनआरएनए आईसीसी उपाध्यक्ष पदमा उम्मेदारी दिने घोषणा गरेका हुन् ।
स्थानीय सञ्चारकर्मी, बुद्धिजीवीलगायत घोषणासभामा पूर्वअध्यक्ष शेष घले, एनआरएनए संस्थापक ईन्द्रा वन, पूर्व प्रवक्ता रञ्जु वाग्ले, आईसीसी पूर्व सदस्य जमुना घले, एनआरएनए अस्ट्रेलियाका पूर्वअध्यक्ष धु्रव सुबेदी, रमेश पाण्डे, महावाणिज्यदूत दीपक खड्का, कानुनविद् डा. शमशेर थापा, ओसियाना कोअर्डिनेटर दिनेश जोशी, एनआरएनए अस्ट्रेलियाको उपाध्यक्ष तथा एनएसडब्लु परिषद्को कोअर्डिनेटर देव गुरुङ, पूर्वउपाध्यक्ष नन्द गुरुङ, समाजसेवी तथा उद्यमी युवराज भट्टराईले घोषणासभामा बोलेका थिए । उनीहरुले मन केसीलाई कसरी जिताउन सकिन्छ, सबैले आ–आफ्नो क्षेत्रबाट भूमिका निर्वाह गर्नुपर्ने बताएका थिए ।

पूर्वअध्यक्ष घलेले केन्द्रीय पदाधिकारीमा अस्ट्रेलियाबाट एकजना पदाधिकारीलाई निर्वाचित गरेर ल्याउनुपर्नेमा जोड दिए । उनले भने, मनजी पहिलेदेखि नै एनआरएनमा काम गरिराख्नुभएको छ । उहाँको कामबाट म धेरै प्रभावित छु, हामी सबैले मनजीलाई जिताएर ल्याउनुपर्छ ।’
सिड्नीको रकडेलमा आयोजित कार्यक्रम गणेश केसीले सञ्चालन गरेका थिए । कार्यक्रममा पूर्वप्रवक्ता रञ्जु वाग्लेले हाम्रो सम्पूर्ण शक्ति लगाएर मनजीमात्र होइन, हामी जितेर आउनुपर्ने बताइन् ।

एनआरएनमा विभिन्न समयमा धेरै जिम्मेवारी सम्हालेका केसी सन् २०१९ राष्ट्रिय चुनाव संयोजक थिए, त्यस्तै २०१७–२०१९ मा अनरेरी काउन्सिल सदस्य, २०१५–२०१७ मा सल्लाहकार, २०१३–२०१५ मा प्रवक्ता, २०११–२०१३, क्षेत्रीय संयोजक, सन् २०१२ मा सातौ क्षेत्रीय सम्मेलन संयोजक, सन् २०११ मा एनआरएन अस्ट्रेलिया चुनाव संयोजक, २००७ देखि २०१९ एनआरएन अस्ट्रेलियाको संरक्षक रहेका छन् । त्यस्तै केसी सन् २००६ र २००८ मा नेपाल फेस्टिवल संयोजक, २००५–२००७ एनआरएन अस्ट्रेलिया संस्थापक अध्यक्ष्य थिए ।

https://www.facebook.com/londonnepalnews/videos/1849139758559333/?t=1






