एनआरएनए यूकेको अधिवेशन र नेतृत्व छनोट बेग्लाबेग्लै मितिमा

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको अधिवेशन र नेतृत्व चयन छुट्टाछुट्टै मितिमा हुने भएको छ । अधिवेशन सेप्टेम्बर ७ लाई तोकिएको छ भने नेतृत्व छनोट १४ सप्टेम्बरमा हुनेछ । अधिवेशन कनाट स्कुल अल्टरसटमा आयोजना हुने गत शुक्रबार बसेको कार्यसमितिको बैठकले निर्णय गरेको एनआरएन यूकेका महासचिव राजकुमार त्रिपाठीले जानकारी दिए ।

अधिवेशन सफल बनाउन बैठकले कार्यविभाजनसमेत गरेको छ । महासचिव त्रिपाठीका अनुसार निर्वाचन समितिसँग समन्वय गर्न र निर्वाचन व्यवस्थापकीय पक्ष सरल बनाउन उपमहासचिव विनय अधिकारीलाई जिम्मा दिइएको छ । परिचयपत्र वितरण समन्वय गर्ने जिम्मा पनि अधिकारीले नै पाएका छन् । जसमा मिडल्यान्डमा सचिव तारानाथ भण्डारी, स्कटल्यान्डमा राज्यपरिषद् अध्यक्ष मोहन कार्की, वेल्स राज्यपरिषद् अध्यक्ष रामचन्द्र पोखरेल, आयरल्यान्डका अध्यक्ष लीलाराम निउरे र महासचिव त्रिपाठीलाई जिम्मेवारी दिइएको छ ।

निर्वाचन निष्पक्ष विदेशी सुरक्षा अधिकारी राख्ने र सीसीटीभी जडान गर्ने निर्णयसमेत बैठकले गरेको छ । तर यसका लागि निर्वाचन समितिसँग समन्वय गर्नुपर्ने निर्णय बैठकले गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *