प्रकाश कण्डेल
लण्डन । नेपाली नारिहरुको महान पर्व हरितालिका तिज चार्ल्टन नेपाली समाजले मनाउने भएको छ । समाजले तीजको अवसरमा वर्षेनी गर्दै आएको तीज विशेष कार्यक्रम आउँदो अगस्ट १८ तारिक आइतबार बेलुका स्थानीय मेरिडियन स्पोर्ट क्लबको हलमा आयोजना गर्ने भएको हो ।
उक्त कार्यक्रममा नेपालबाट आएकी चर्चित लोक तथा दोहोरी गायिका भुमिका गिरीले तिज गित मौलिक भाकामा नाचौ नाचौ लाग्ने बबाल धमाका दिने भएकी छन् ।

कार्यक्रममा प्रवेश शुल्क १२ पाउण्ड राखिएको छ भने बालबालिकाको लागि ६ पाउण्ड मात्र छ।
कार्यक्रमको लागि हल स्पोन्सर पानस रेस्टुरेन्टका सुजन कटुवाल र टिकट स्पोन्सर याक एण्ड यती रेस्टुरेन्ट एल्थमका नरेन्द्र कण्डेलले गरेका छन्।
यसै गरि अनुग्रह ज्वोलर्स प्लमस्टिडका सुमन राईबाट सुनको चन्द्रमा स्पोन्सर,तथा रीदम प्लम्बिङ्ग एण्ड हिटीङ्गका तर्फबाट कार्यसमितीकी उपाध्यक्ष रेखा खरेलले साडी सहितको गिफ्ट स्पोन्सर गरेकी छन् ।
यसैगरी समाजकी सल्लाहकार सीता अर्यालले मिनरोल वाटर स्पोन्सर,मुना सापकोटाबाट गिफ्ट ह्याम्पर तथा सल्लाहकारहरु अनीता के सी,माया केसीबाट गिफ्ट ह्याम्पर, साउथ ईस्ट लण्डनको दिदीबहिनी समुहद्वारा सौभाग्यको गिफ्ट ह्याम्पर र चाल्टर्न निवासी मदन पौडेलबाट पानसको स्पोन्सर भएको छ।
कार्यक्रमको संयोजन चार्ल्टन समाजकी उपाध्यक्ष रेखा खरेल र समाजका सल्लाहकारहरु अनीता के सी,सीता अर्याल,मुना सापकोटा,माया के सी लगायतले गर्नुभएको छ।
कार्यक्रमको साउण्ड ईन्जिनीयर एवम् डिजे हेम बिष्ट छन् ।भने क्याटरिङ माउण्टेन भ्यु रेस्टुरेण्ट चिजलहस्र्टले उपलब्ध गराउनेछ ।कार्यक्रममा सहभागिताको लागि समाजका अध्यक्ष कृष्ण खरेलले सबै स्थानीय दिदीबहिनी तथा दाजूभाई हरुलाई आव्हान गरेका छन् ।






