अपनत्व खोज्न एनआरएन अस्ट्रेलियामा इरशादको उम्मेदवारी

तक्दीर अधिकारी
गैरआवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलियाको नयाँ नेतृत्वका लागि निर्वाचन मिति जति नजिकिदै छ, त्यत्ति नै विभिन्न कोणबाट चर्चा परिचर्चा सुरु भएको छ । उम्मेदवारमध्ये फरक ढंगले प्रस्तुत भएका इरशाद अहमदको चर्चा, व्यक्तित्व र चुनावी अभियानले उनका प्रतिस्पर्धीलाई पछि धकेलेको महसुस गराउँछ ।

जबसम्म सबै नेपालीको अपनत्व हुँदैन तबसम्म एनआरएनए साझा हुँदैन, सबसम्म सबै नेपाली सबल हुँदैनन, तबसम्म एनआरएन सबल हुँदैन, त्यसैले मेरो उम्मेदवारी साझा एनआरएनए सबल एनआरएनका लागि हो भन्दै चुनावी मैदानमा होमिएका इरशाद ले राष्ट्रिय युवा संयोजकमा उम्मेदवारी दिएका छन् । अग्रजहरुको अस्ट्रेलियाको लामो अनुभव र युवाहरुको सक्रियतालाई एकीकृत गरी सबल नेपाली समाज निर्माण गर्ने आफ्नो उद्देश्य रहेको इरशाद बताउँछन् ।

ल्याट्रोब विश्वविद्यालय व्यवस्थापन विषयमा अध्ययन पूरा गरेका इरशाद सफल व्यवसायी हुन् । एभरेस्ट ट्राभल्र्स एन्ड टुर्सका सञ्चालक इरशाद ले नेपालमा पशुपति बुटिक होटल एन्ड स्पा पनि सञ्चालनमा ल्याएका छन् ।

सन् २०१३ बाट एनआरएनएमा सक्रिय इरशाद जीवन उत्थान अस्ट्रेलियाका कोषाध्यक्ष हुन् । यो संस्थाले नेपालमा ३० भन्दा बढी अभिभावकविहिन बालबालिकाको संरक्षण गरेको छ । अस्ट्रेलियाका विभिन्न स्थानमा मत माग्न पुगेका इरशाद आफू निर्वाचित हुनेमा ढुक्कजस्दै देखिएका छन् ।

आर्थिक रुपले मात्र नभई कला, संस्कृति, भाषा एवम् भेषभूषालगायत विभिन्न क्षेत्रमा नेपाली समाजलाई सबल बनाउँदै लैजानु आजको आवश्यकता एवम् चुनौति भएको इरशाद ले बताए । विदेशी भूमिमा नेपालीपन जीवन्त राख्न युवालगायत बालबालिकाहरुको सक्रिय सहभागिता आवश्यक रहेको उनी बताउँछन् । यी आवश्यकता पूरा गर्न र चुनौतिको सामना गर्न आफू योग्य रहेको इरशाद ले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *