बेलायतमा पत्रकार कँडेल भेटिए रोमान्स मुडमा “हेर्नुहोस-भिडियो”

लन्डन।

पत्रकार समाचार लेख्नमात्र होइन, कलाकारितामा पनि उत्तिकै अब्बल हुन्छ भन्ने उदाहरण प्रस्तुत गरेका छन्, सञ्जयभक्त कँडेलले । बेलायतमा बसेर पत्रकारिता गरिरहेका कँडेल अभिनय क्षेत्रमा पनि उदाएका हुन्।

सर्वेन्द्र अधिकारीको भर्खरै सार्वजनिक गीत ‘नजरमा लुकाउँ कि’ मा सञ्जयसँगै निरु कोइरालाले अभिनय गरेका छन् । लन्डन आसपासका क्षेत्रमा छांयाकन गरिएको गीतको भिडियोमा प्रेमिल भाव ब्यक्त गरेको पाइन्छ । सुनिल राईको संगीत रहेको गीतमा शब्द र स्वर भने सर्वेन्द्र अधिकारीको छ।

पूर्व अध्यापक समेत रहेका सर्वेन्द्रको यो दोस्रो गीत हो भने स्वर पहिलो पटक दिएका हुन । उनका अन्य थुप्रै गीतहरु तयारी अवस्थामा छन् ।

नेपाल पत्रकार महासंघ बेलायतका महासचिव तथा अन्तराष्ट्रिय कलाकार संघ बेलायतका महासचिब रहेका कँडेलले गीतले माया–प्रेमको भाव अभिब्यक्त गर्न रोमान्स मुडमा प्रस्तुत हुने किसिमको सन्देश बोकेको बताए । संजय दर्पणसंसार डटकमका प्रधान सम्पादक तथा नेपाल प्रेस युनियनका युरोप संयोजक पनि हुन ।

प्रभु गुरुङको निर्देशनमा तयार भएको भिडियोको कोरियोग्राफी टीममा भने प्रभु र सुस्मिता थापाले साथ दिएका छन् । गीतलाई विनोद भुजेलले एरेन्ज गरेका छन् श्रृंगारमा एलिसा बानियाँले सहयोग गरेकी छन् ।

भिडियो “हेर्नुहोस”:पत्रकार महासंघ युकेका महासचिब पत्रकार संजयभक्त कँडेल यस्तो हालतमा भेटिए:

Leave a Reply

Your email address will not be published. Required fields are marked *