पूर्वमन्त्री धनिराम पौडेलको निधन

काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा पूर्व शिक्षामन्त्री धनिराम (डिआर) पौडेलको निधन भएको छ ।

शुक्रबार बिहान हृदयघातका कारण उनको निधन भएको बताएको छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहालले पौडेलको निधनमा शोक प्रकट गरेका छन् । उनले ट्वीट गर्दै भनेका छन्, ‘हाम्रो पार्टीका केन्द्रीय सदस्य तथा पूर्व शिक्षामन्त्री कमरेड धनिराम (डि. आर.) पौडेलको असामयिक निधनले मर्माहत बनाएको छ । यस दुःखद् घडीमा दिवंगत पौडेलप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवार तथा आफन्तजनहरुमा हार्दिक समवेदना व्यक्त गर्दछु ।’

नेकपाका चितवन जिल्ला अध्यक्ष यमबहादुर परियारका अनुसार बिहान ७ बजे माडीमा उनको निधन भएको हो ।

माडी नगरपालिका–५ रमाइलोडाँडास्थित आफ्नै निवासमा हृदयाघात भएपछि बिहान ७ बजे माडीस्थित बघौडा अस्पतालमा ल्याइएको थियो । परियारका अनुसार अस्पतालका चिकित्सकले पौडेलको निधन भएको पुष्टि गरेका हुन् ।

पौडेलको अन्तिम संस्कारमा सहभागी हुन नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्ष पुष्पकमल दाहालसहित नेकपाका नेताहरु चितवन जाने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *