बलिउड स्टार सलमान खान तथा अभिनेत्री सोनम कपुर अहिले चलचित्र ‘प्रेम रतन धन पायो’को सुटिङमा व्यस्त छन् । स्वाईन फ्लूले बिरामी परेर अस्पतालबाट डिस्चार्ज भएसँगै सोनम चलचित्रको सेटमा जोईन भएकी थिईन् । अब भने चलचित्रमा अनस्क्रिन रोमान्समा व्यस्त यो जोडीले फुटबल पनि खेल्ने भएको छ । चलचित्रमा समावेश एक गीतमा सलमान र सोनम फुटबल खेलसँगै फिचरिङ हुनेछन् ।
बिहेको पार्टीको समयमा खिचिने ‘प्रेम रतन धन पायो’को उक्त गीत १३ मिनेट लामो रहेको बताईएको छ । जुन समय बलिउड चलचित्रमा समावेश हुने जुनसुकै गीतको भन्दा लामो हो । त्यसो त यो चलचित्रमा ९ वटा गीत समावेश हुने बताईएको छ । करिब करिब छायाँकनको अन्तिममा पुगेको यो चलचित्रको फुटबल मैदानमा खिचिने गीतमा कोरियोग्राफीमा अहमद खान छन् ।
फुटबल मैदानमा सोनमसँग सलमानको रोमान्स






