बेइजिङको यो नरसंहारलाई चीनले किन सही भन्छ ?

एजेन्सी- चीनको राजधानी बेइजिङको थियानमेन चोकमा सन् १९८९ मा लोकतन्त्रको समर्थनमा भव्य विरोध प्रदर्शन भयो । चीनियाँ सरकारले त्यतिबेला प्रदर्शन रोक्नका लागि प्रदर्शनकारीमाथि गोली चलाएको थियो ।

चीनियाँ सरकारले अब आफ्नो यो कदमको बचाउ गरेको छ । यो एक निकै दुर्लभ मौका हो जब चीनियाँ सरकारले कुनै पनि सार्वजनिक कार्यक्रममा यसबारे आफ्नो धारणा व्यक्त गरेको छ ।

उक्त कडा कारवाहीको ३० वर्ष पछि चीनका रक्षामन्त्री वी फेन्घीले एक क्षेत्रीय फोरममा त्यतिबेलाको बढ्दो ‘अशान्ति’ लाई रोक्नका लागि जुन नीति अपनाइयो त्यो पूर्ण रुपमा ‘सही’ भएको बताए ।

सन् १९८९ मा बेइजिङको थियानमेन चोकमा विद्यार्थी एवं मजदुर जम्मा भएका थिए । उनीहरु स्वतन्त्रताका लागि लडिरहेका थिए तर जून ३ देखि ४ तारिखका बीच चीनको बामपन्थी शासनले यसलाई कुल्चियो ।

यो घटनाको रिपोर्टिङमा पनि चीनले अत्यधिक सेन्सर गरेको थियो । यो घटनाको रिपोर्टिङका लागि चीनमा कडा प्रतिबन्ध छ र यसबारे कोही बोल्नसमेत रुचाउँदैनन् ।

६ हप्ता चलेको उक्त प्रदर्शन मंगलबार ३० वर्ष पूरा हुँदैछ । अप्रिलमा सुरु भएको उक्त प्रदर्शन अन्ततः ३–४ जूनमा बेइजिङको नरसंहारपछि अन्त्य भयो ।

मन्त्रीले के भने ?

सिंगापुरमा व्यापार र सुरक्षासँग जोडिएको एक क्षेत्रीय मञ्चमा जब रक्षामन्त्री वेंग खासँग थियानमेन चोकसम्बन्धित प्रश्न सोधियो तब उनले भने, ‘३० वर्षपछि हरेकलाई थियानमेनको चिन्ता छ । यी ३० वर्षमा बामपन्थी पार्टीको शासनको क्रममा चीनमा अत्यधिक परिवर्तन भए । के तपाईंलाई लाग्छ कि जून ४ को घटना सम्हाल्नु सरकारको गल्ती थियो । उक्त घटनाका लागि त्यहि नै एउटा निष्कर्ष थियो । यो एउटा राजनीतिक उथलपुथल थियो जसलाई केन्द्र सरकारले सुल्झाउनु थियो । सरकारले अशान्ति रोक्नका लागि निर्णायक कदम उठायो, यो सही नीति थियो ।’

सन् १९८९ मा के भएको थियो ?

अप्रिल सन् १९८९ मा १० लाख बढी प्रदर्शनकारी स्वतन्त्रताको मागसहित थियानमेन चोकमा जम्मा भएका थिए । चीनको बामपन्थी शासनको इतिहासमा यसलाई अहिलेसम्मको सबैभन्दा ठूलो राजनीतिक प्रदर्शन भनिन्छ जुन ६ हप्तासम्म चल्यो ।

यो प्रदर्शन शहर र विश्वविद्यालयसम्म फैलिएको थियो । प्रदर्शनकारी कथित तानाशाहीलाई समाप्त गर्न र स्वतन्त्रता एवं लोकतन्त्रको माग गरिरहेका थिए ।

यस्तै, कसैले महँगी, कम तलब र घरका लागि पनि आफ्नो असन्तुष्टि व्यक्त गरेका थिए । ३ जूनको राती ट्याङ्कसहित सुरक्षाबल थियानमेन चोक पुगे । त्यहाँ उपस्थित मानिसहरुमाथि गोलीबारी सुरु गरे जसमा थुप्रैले ज्यान गुमाए र दर्जनौं घाइते भए ।

यो प्रदर्शनबारे त्यतिबेला बेइजिङमा संवाददाता केट एडीले कभर गरिरहेकी थिइन् ।

यसबारे रिपोर्टिङ गरिरहेका केटले भनेकी थिइन्, ‘सुरक्षाबलले त्यहाँ उपस्थित मानिसहरुमाथि अन्धाधुन्ध गोली बर्साइरहेको छ तर अहिले पनि हज्जारौं मानिस सडकमा छन् जो पछि हट्न राजी छैनन् ।’

चीनले इन्टरनेटबाट हटाए घटनाको सबै भिडियोः

उक्त घटनापछि चीनियाँ प्रशासनले घटनामा कोही पनि नमारिएको बताएको थियो । यद्यपि, मर्नेको संख्या हज्जारौंमा भएको बताइएको छ ।

बीबीसीका चीनियाँ संवाददाता जोन स्डवर्थका अनुसार उक्त घटनाको यादमा कुनै कार्यक्रम हुँदैन । जब जून ४ तारिख नजिकिन्छ तब यसलाई बिर्सने पुरा कोसिस गरिन्छ र संसारको सबैभन्दा ठूलो सेन्सरशिप मेशिनरी सुरु हुन्छ ।

स्डवर्थका अनुसार यति बेला इन्टरनेटबाट यो घटनासम्बन्धि सामग्री हटाउनका लागि १० हजार बढीलाई सक्रिय गराइन्छ ।

यदि कसैले यी नियन्त्रणबाट लुक्दै यो घटनाको विषयमा कुनै समारोह आयोजना गर्ने कोसिस गर्छ भने उनलाई साढे तीन वर्षसम्मको जेल सजाय हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *