तक्दीर अधिकारी
सिड्नी । अष्ट्रेलियामा आज सम्पन्न आम निर्वाचनको मत गणना जारी छ । मत परिणामको पछिल्लो नतिजाअनुसार सत्तारुढ दल लिबरल पार्टीले यसपटक सन्तोषजनक नतिजा ल्याउनेमा आशंका गरिएको छ ।
सत्तारुढ दल लिबरल पार्टीका पूर्वप्रधानमन्त्री टोनी एर्वडको पराजयबाट शृङ्खला सुरु भएको छ । विगत २५ वर्षदेखि वारिङ्गा निर्वाचन क्षेत्रबाट संसदमा निर्वाचित हुँदै आउनु भएका पूर्वप्रधानमन्त्री एर्वडलाई स्वतन्त्र उम्मेदवार जाली स्ट्रेगलले पराजित गरेकी हुन् ।
सत्तारुढ दलबाटै एकजना नेपाली प्रमेज श्रेष्ठ पनि बार्टन क्षेत्रबाट उम्मेदवार भएका छन् । अहिलेसम्म प्राप्त नतिजाअनुसार उनी दोस्रो स्थानमा छन् । २७ प्रतिशत मग गणना भइसक्दा उनले ४० दशमलब ७ प्रतिशत मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी लेबर पार्टीका लिन्दा बुर्नीले ५९ दशमलब ३ प्रतिशत मत प्राप्त गरेका छन् ।






