विद्यालयमा झडप, दुईको मृत्यु

जनकपुर, ९ चैत्र । धनुषाको पूर्वी क्षेत्र चबैला गाउंमा आज बिहान झडप हुंदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । मृत्यु हुनेमा चबैला गाउं विकास समितिका रामप्रकास यादव र राम सेवक गदेरी रहेका छन् । घाइते एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । बिद्यालय व्यवस्थापन समितिको चुनावको लागि राजनीतिक कार्यकर्ताहरुबीच छलफल चलिरहेको बेला दुई समुहबीच झडप भएको बताइएको छ ।
व्यवस्थापन समितिको चुनावमा एमाले एकातिर छ भने अन्य पार्टी अर्को समुहमा छन् । मृतक रामप्रकास यादव एमाले समर्थित हुन । राम सेवक गदेरी भने अर्कै पार्टीको रहेको बताइएको छ । झडपको क्रममा गोली र धारिलो हतियारको समेत प्रयोग भएको प्रहरीले जनाएको छ ।