लन्डन– गैरआवासीय नेपाली संघ यूके, नर्दन आयरल्याण्ड राज्य परिषदले एनआरएन नागरिकतालगायतका विषयमा अन्तर्क्रिया गर्ने भएको छ ।
गैरआवासीय नेपाली नागरिकता, गैर आवासीय नेपालीहरुको सम्पत्ति सम्वन्धी अधिकार, नेपालमा रहेको गैर आवासीय नेपालीहरुको सम्पत्ति तथा लगानीको संरक्षण लगायतका विषयमा एक अन्तर्क्रिया कार्यक्रमको आयोजना गर्ने भएको हो ।
गैर आवासीय नेपाली संघ युके नर्दन आयरल्याण्ड राज्य समन्वय परिषदको पुर्ण बैठकले यही मे महिनाको अन्तिम हप्तामा नेपालको गैरआवासीय नेपाली तथा तिनीहरुको सम्पत्ति तथा नागरिकताको अधिकार सम्बन्धमा जानकार विज्ञ कानुन ब्यावसायीलाई बोलाएर अन्तर्क्रिया गर्ने निर्णय गरेको हो ।
यसैगरी आगामी जुला२ महिनाको दोश्रो हप्तामा नागरिकता, पासपोर्ट, एनआरएन कार्ड लगायत कन्सुलर तथा अन्य विषयहरुमा महामहिम राजदुत दुर्गाबहादुर सुवेदीसँग अन्तर्क्रिया गर्ने भएको छ ।
सोही अवसरमा बेलाफाष्टमा एनआरएन कार्ड तथा नेपाली पासपोर्टको आवेदनका लागि दुतावासको सहयोगमा एक शिविर समेत सञ्चालन गरिने गैरआवासीय नेपाली संघ युके नर्दन आयरल्याण्ड राज्य समन्वय परिषदका अध्यक्ष लिलाराम निउरेले जानकारी दिए ।






