लन्डन । चार्ल्टन नेपाली समाज यूकेले नयाँ वर्ष २०७६ को अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम भब्य रुपले सम्पन्न गरेको छ । गत आइतबार मेरिडियन स्पोर्ट्स क्लब हलमा सम्पन्न कार्यक्रममा स्थानीय नेपाली सहभागी थिए । कार्यक्रममा बालबालिकाले नृत्य, गीत र कविता प्रस्तुत गरेका थिए । समाजका सचिव राजु न्यौपानेले कार्यक्रमको सञ्चालन गरेका थिए भने उपाध्यक्ष हरिकुमार मल्लले स्वागत मन्तव्य दिएका थिए ।
सल्लाहकारको तर्फबाट होम शर्माले शुभकामना मन्तव्यसँगै नयाँ वर्ष २०७६ सालको शुभकामना दिएका थिए । समाजले सञ्चालन गरेको भाषा कक्षा ‘लर्न नेपाली प्रोग्राम’ को गभर्नर तथा स्वयमसेवी शिक्षिका अनिता केसीले कक्षाबारे जानकारी प्रस्तुत गरेकी थिइन् । एनआरएन यूके महिला संयोजक लीलादेवी गुरुङले शुभकामना मन्तव्य राखेकी थिइन् । समाजका अध्यक्ष कृष्ण खरेलले कार्यक्रमका सहभागी तथा सहयोगी सबैलाई धन्यवाद दिंदै सबैमा नयाँ वर्षको शुभकामना व्यक्त गरेका थिए । बुद्ध फाउण्डेसन यूके अध्यक्ष दिपक श्रेष्ठ, आरजिएनएस अध्यक्ष हरिगोविन्द गुरुङ, प्रतिभा नक्षत्रकी शिम्मी पुनलगायतका विभिन्न संघसंस्थाका प्रतिनिधिहरु कार्यक्रममा सहभागी थिए ।
सहभागीहरुमाँझ आकर्षक पुरस्कारसहित ‘राफल ड्र’ गराइएको थियो । जसमा पुरस्कार गोर्खा बियरका लव गौतम, रिथम प्लम्बिङ्गका रेखा खरेल र प्रकाश बस्नेत, होट एयर बेलुनका दीपक श्रेष्ठ, एएमके लिमिटेड बिल्भडेर, तोया रिजालले प्राप्त गरेका थिए । कार्यक्रम हलको प्रायोजन पानस गोर्खा रेष्टु रेण्ट सुजन कटुवाललले तथा टिकेट प्रायोजन सनराइज फाइनान्सियल सोलुसन्सका प्रेम गैरेले गरेका थिए।कार्यक्रममा विभिन्न संघ सस्थाका प्रतिनिधिहरु लगायत अन्य सरोकारवालाहरु समेत गरी करिब २०० जना भन्दा बढीको सहभागिता रहेको थियो ।






