- तक्दीर अधिकारी
सिड्नी, अस्ट्रेलिया– जनवादी गायक जीवन शर्मा नयाँ वर्षका अवसरमा हुने सांगीतिक कार्यक्रममा भाग लिन अस्ट्रेलिया आउने भएका छन् । कार्यक्रम ओएनयूएफ न्यू साउथ वेल्स अस्ट्रेलियाको आयोजनामा हुने भएको छ ।
रकडेलस्थित इन्द्रेणी फङ्सन सेन्टरमा हुने नयाँ वर्ष कार्यक्रममा सहभागी हुन गायक शर्मा अस्ट्रेलिया आउन लागेका आयोजक मध्येका एक सदस्य कृष्ण सापकोटाले जानकारी दिए । कार्यक्रम आगामी अप्रिल १६ मा साँझ ६ बजेदेखि चल्नेछ ।
सापकोटाका अनुसार कार्यक्रमका लागि ३० डलर तोकिएको छ । त्यसमध्ये ८ डलर हावाहुरी प्रभावितका लागि खर्च गरिनेछ ।

जीवन शर्मा जनगायक भनेर चिनिन्छन् । उनको जन्म २०१६ चैत २६ गते बाग्लुङमा भएको थियो । जीवन शर्मा दर्शन र राजनीतिशास्त्रमा,स्नातक अङ्ग्रेजी र मानवशास्त्रमा एमए गरेर पनि सर्वहारा बनेका गायक हुन् ।
शर्माले सिमली छायाँमा बसी, छेकेर छेकिन्न, रोकेर रोकिदैन, चाहिँदैन मलाई सिसाको महललगायतका चर्चित गीत गाएका छन् ।






