अष्ट्रेलियामा ‘सिड्नी फेशनिस्टा २०१९’ को तीब्र-तयारी ,फेशन शोमा विदेशी र नेपाली मोडलहरु

तक्दीर अधिकारी
सिड्नी । एसएपी ईन्टरटेन्मेन्टको आयोजनामा अस्ट्रेलियाको सिड्नीमा मार्च ३० मा ‘सिड्नी फेशनिस्टा–२०१९’ गरिने भएको छ । आगामी मार्च ३० मा अस्ट्रेलियाको सिड्नीमा ‘सिड्नी फेशनिस्टा–२०१९’ आयोजना गरिन लागिएको हो ।
जसको लागि तयारी तीब्र पारिएको छ । सिड्नी फेशनिस्टामा चर्चित गायक तथा भ्वाइस अफ नेपालका कोच सनुप पौडेल तथा चर्चित गायिका आश्रा कुँवर मोडेल तथा नृत्याङगना एन्जल श्रेष्ठ, कर्पोरेट क्विनकी विजेता शितल थापा, ड्रेस डिजाइनर सुपी रसाइली लगायतको सहभागिता रहने आयोजकले जनाएको छ । एसएपी ईन्टरटेन्मेन्टले आयोजना गर्न लागेको सो कार्यक्रम निकै भब्य र सब्य रुपमा सम्पन्न गर्न आयोजक लागिपरिरहेको छ ।
एसएपीले यसअघि अष्ट्रेलियामा दुई पटक विभिन्न मनोरञ्जनात्मक तथा सांगीतिक कार्यक्रम र पोखरामा कर्पोरेट कनेक्शन, कर्पोरेट क्विनजस्ता सफल कार्यक्रमको आयोजना गरिसकेको छ । मोडेल तथा कोरियोग्राफर अर्चना शर्माले कोरियोग्राफी गर्ने फेशन शोमा विदेशी तथा नेपाली मोडलहरुले नेपालका विभिन्न पहिरनमा क्याटवोक गर्ने भएका छन ।
 
पृथक कार्यक्रमले सिड्नीवासीमा उत्साह छाएको आयोजक एसएपीका निर्देशक सन्तोष अधिकारीले बताउनुभयो। यसअघि नेपाल लगायत धेरै देशहरुमा सफल कार्यक्रम सन्चालन गरिसकेका प्रख्यात उद्घोषक विवेक खतिवडाले कार्यक्रम संचालन गर्ने जनाइएको छ । कार्यक्रमलाई सफल बनाउन सबै पक्षबाट सहयोग मिलेको र तयारी तीब्र रुपमा भइरहेको आयोजकले लन्डन नेपाल न्यूज डटकमका लागि सिड्नी सम्बादाता तक्दीर अधिकारीलाई जानकारी गराए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *