लिस्बन । पोर्तुगल राज्यको लिस्बनमामा रहेका नेपाली महिलाहरुको प्रतिनिधिमुलक साझा संस्था “नेपाली महिला समाज पोर्तुगल” निर्मला ढकाल खराल(निरुको नेतृतमा नयॉ कार्यसमिति चयन भएको छ ।
पोर्तुगलका नेपाली महिलाहरुले आफ्नो हकहित संरक्षण र एक आपसमा सहयोग आदानप्रदान गर्न एक साझा नेपाली महिला संस्था “नेपाली महिला समाज पोर्तुगल” सर्वसम्मतिले गठन गरेको हो ।
पोर्तुगलमा सबै नेपाली महिलाको अपनत्व हुने संस्था आवश्यक रहेकोले लिस्बनमा एक बृहत भेला बसी समाज गठन गरिएको समाजकी अध्यक्ष निर्मला खराल ढकाल (निरु) र महासचिव सरिता शर्माद्वारा जारी बिज्ञप्तिमा जनाइएको छ ।
हेर्नुहोस् बिज्ञप्ति जस्ताको तस्तै: प्रेस बिज्ञप्ति:
आदरणीय पत्रकारज्युहरु पोर्तुगलबासी आदरणीय दिदीबहिनी, दाजुभाइहरु, आज मिति २४ मार्च २०१९ का दिन पोर्चुगललका विभिन्न क्षेत्रमा रहेका नेपाली महिला दिदीबहिनीहरुको एक बृहत भेला उपस्थित मध्ये सबभन्दा जेष्ठ महिला सदस्य चिनीमाया नेपालीको अध्यक्षतामा पोर्चुगलको राजधानी लिस्बनको अलमेदामा बस्यो । पोर्चुगलमा रहेका नेपाली महिला दिदीबहिनीहरुको हकहित संरक्षण गर्न र बिबिध ढंगले सहयोग पुर्याउन तथा नेपालका सबै वर्ग, क्षेत्र, जातजाति, भाषाभाषी, कला संस्कृतिलाई उजागर गर्न सबैको अपनत्व भएको एक साझा महिला संस्था आवश्यक भएको ठहर गरि भेलाले सर्वसम्मतिले “नेपाली महिला समाज, पोर्चुगल” गठन गर्ने निर्णय गरेको छ ।
भेलाले “नेपाली महिला समाज पोर्चुगल” को निम्न बमोजिमको कार्यसमिति सर्वसम्मतरूपमा चयन गरेको जानकारी गराउँदछौं । अध्यक्ष : निर्मला ढकाल खराल(निरु) उपाध्यक्ष : सुनिता भट्टराई उपाध्यक्ष : माया पौडेल उपाध्यक्ष : नानीमाया तामाङ उपाध्यक्ष : ( अलेन्तेजु क्षेत्र) उपाध्यक्ष : (अल्गार्भ क्षेत्र) महासचिव : सरिता शर्मा सचिव : सरला तिमिल्सिना सचिव : सीता ढकाल सचिव : अम्बिका ढकाल कोषाध्यक्ष : शुसीला थापा सहकोषाध्यक्ष : सरस्वती पौडेल (क) सदस्य : इन्द्रकला परियार सदस्य : रिना श्रेष्ठ सदस्य : तिलु पौडेल सदस्य : अनुमाया नेपाली सदस्य : सम्झना रेग्मी सदस्य : प्रमिला ओझा रिजाल सदस्य : अनु घिमिरे सदस्य : पार्वती खरेल सदस्य : गोमा देवकोटा सदस्य : शोभा सापकोटा सदस्य : सरस्वती पौडेल भन्डारी सदस्य : रिता सापकोटा सदस्य : देवकी थपलिया सक्रिय सदस्यहरु : १) शोभा जोशी २) भगवती नेपाल ३) मिनु न्यौपाने ४) गिता कडेल ५) सीता ढकाल ६) दुर्गा भट्टराई ७) ज्योति गौतम भुसाल ८) दुर्गा श्रेष्ठ ९) सबिता थापा १०) करुणा घिमिरे तिवारी ११) सर्मिला खनाल ढुंगाना १२) भगवती भन्डारी १३) सम्झना रेग्मी १४) कल्पना चापागाईं १५) शरु पौडेल १६) कल्पना बस्नेत १७)नमुना भट्टराई १८) प्रतिमा अर्याल १९) मन्जु खरेल २०) पवित्रा इटानी २१) तारा तिवारी २२) सविना सापकोटा २३) गीतालक्ष्मी महर्जन २४) निरु लामिछाने २५) लिला रानाभाट रहनु भएको छ । भेला आगामी अप्रिल १४ तारिख हुन लागिरहेको दोश्रो नेपाल फेस्टिबललाई भब्यरूपमा सफल बनाउन “नेपाली महिला समाज पोर्तुगल” ले सक्रिय सहयोग र सहभागीता पुर्याउने निर्णय गरेको छ । भेलाले निकट भविष्यमा नेपालीहरुकालागि लिस्बनमा संचालन हुने बृहत स्वास्थ शिविरमा सक्रिय सहयोग र सहभागी जनाउने निर्णय गरेको छ । अरु आगामी कार्यक्रम कार्य समितिको चाडै बस्ने बैठकले तयार गर्ने निर्णय गरेको छ । निर्मला ढकाल खराल (निरु) अध्यक्ष सरिता शर्मा महासचिव “नेपाली महिला समाज पोर्चुगल” ।






