अस्ट्रेलिया । अस्ट्रेलिया सरकारले यहाँ स्थायी बसोबास अनुमतिपत्र (पिआर) को संख्या प्रति बर्ष ३० हजारका दरले घटाउने घोषणा गरेको छ । त्यस्तै आप्रवासी संख्या घटाउने सरकारको योजना अनुरूप अस्ट्रेलियाले हरेक वर्ष दिँदै आएको सुविधा घटाउने निर्णय गरेको छ ।
धेरै अगाडी देखिनै यो विषयमा चर्चा हुँदै आए पनि अहिले आएर मात्रै यसले औपचारिकता पाएको हो । अध्यागमन मन्त्री डेभिड कोल्मयान, जनसंख्या मन्त्री एलन टजसँगै राजधानी क्यानबेरामा उपस्थित भएका प्रधानमन्त्री स्कट मोरिशनले पत्रकार सम्मेलनमा यस्तो घोषणा गरेका हुन् ।
स्थायी आप्रवासीको संख्यालाई आगामी ४ वर्षका लागि प्रति वर्ष १ लाख ९० हजारबाट अब १ लाख ६० हजारमा सिमित गरिने घोषणा भएको हो । यसले अस्ट्रेलियामा स्थायी बसोबासको लक्ष्य लिएर यहाँ आएका धेरै नेपालीसरु प्रभावित हुने भएका छन् ।
अब तीन बर्ष यहाँको गाउँमा बसेर काम गरेमात्र स्थायी बसोबासका लागि अनुमति हुने पनि घोषणा गरिएको छ ।
सिड्नी र मेलबर्नजस्ता सहरका संरचना र यातायात सेवामा बढेको दबाबलाई कम गर्न भन्दै सकरारले सिपयुक्त कामदारलाई देशका ग्रामीण स्थानमा बस्न सहयोग गर्न २ नयाँ प्रकारका भिसाको पनि सुरुवात गर्ने भएको छ । नयाँ ग्रामीण भिसाहरूका लागि २३ हजार स्थान छुट्याइने छ ।
हाल अस्ट्रेलियाका गाउँमा झन्डै ४७ हजार स्थानहरू भर्न कामदारहरू आवस्यक रहेको बताईएको छ।त्यस्तै गाउँका विश्वविद्यालयहरूबाट आफ्नो पढाइ सक्ने विदेशी विद्यार्थीहरूलाई थप एक वर्षको काम गर्न समय पनि दिईने भएको छ।
source : dc nepal






