प्रतिवेदन यथाशीघ्र सार्वजनिक गर्न सभामुख महराको निर्देशन

काठमाडौँ– सभामुख कृष्णबहादुर महराले तराई–मधेश तथा थरुहट आन्दोलनको छानबीन गर्न गठित सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द्र लालको अध्यक्षतामा गठित आयोगको प्रतिवेदन यथाशीघ्र सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएका छन् ।

प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा पनि राष्ट्रिय जनता पार्टी नेपालका सांसदले आफ्ना स्थानबाट उठेर अवरोध पुर्याएपछि सभामुखले राजपाको मागअनुरुप आयोगको प्रतिवेदन यथाशीघ्र सार्वजनिक गर्न÷ गराउन सरकारलाई रुलिङ गरे ।

सभामुखले भने, ‘मैले अघिल्लो बैठकमा पनि सरकारको गम्भीर ध्यानकर्षण गराएको थिएँ, सरकारका तर्फबाट पनि जवाफ आएको थियो, उक्त आयोगको प्रतिवेदन यथाशीघ्र सार्वजनिक गर्न गराउन म निर्देशन दिन्छु ।’

सभामुखको निर्देशनपछि राजपाका सांसदले आआफ्नो स्थान ग्रहण गरेपछि सदनको बैठक अहिले सञ्चालन भएको छ । प्रतिनिधिसभाको अघिल्लो बैठक राजपाको विरोधका कारण स्थगन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *