हङकङका कपडा व्यापारी २ करोड ७३ लाख सहित विमानस्थलबाट पक्राउ

काठमाडौं, चैत्र ५ । प्रहरीले २ करोड ७३ लाख रुपैयाँ बराबरको अवैध विदेशी मुद्रासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

बुधबार राति ड्रागन एअरबाट हङकङ जान लागेका मनोहरलाल त्रिपादास असुधानीलाई अवैध विदेशी मुद्रासहित नियन्त्रणमा लिइएको हो ।

 

विहीबार विमानस्थलमा पत्रकार सम्मेलन गरी प्रहरीले शंकास्पद अवस्थामा लगेज नियन्त्रणमा लिइ चेकजाँच गर्दा उनको साथबाट विदेशी मुद्रा बरामद भएको प्रहरीले जनाएको छ ।