मन्त्री अधिकारीको निधनमा आज राष्ट्रिय शोक

काठमाडौं- सरकारले पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको मृत्यु हुने गरी भएको हेलिकप्टर दुर्घटनाप्रति दुःख प्रकट गर्दै आज सार्वजनिक बिदा दिएको छ ।

आज सम्पूर्ण सार्वजनिक कार्यालय, शैक्षिक संस्था र विदेशस्थित नेपाली दूतावास तथा नियोगमा सार्वजनिक बिदा दिनुका साथै सम्पूर्ण सरकारी कार्यालयमा राष्ट्रिय झन्डा आधा झुकाउने मन्त्रिपरिषद बैठकको निर्णय छ ।

मन्त्रिपरिषद्ले अधिकारीको अन्तिम संस्कार राजकीय सम्मानसाथ गर्ने र त्यसमा सरकारका तर्फबाट सम्पूर्ण सहयोग उपलब्ध गराउने निर्णयसमेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *