मुलुकलाई पछाडि फर्काउने कुचेष्टा कसैले पनि नगर्दा हुन्छ : प्रधानमन्त्री

Prime Minister KP Sharma Oli speaks at a televised session on ‘Strategic Outlook on South Asia’ as a panelist at the 49th Annual Meeting of the World Economic Forum in Davos, Switzerland, on Tuesday, January 22, 201p. Photo: WEF videograb

प्रधामन्त्री केपी शर्मा ओलीले देशको काँचुली फेर्ने अठोटका साथ अघि बढ्दै गर्दा अहिले पनि हाम्रो लोकतन्त्रका सामु केही नकारात्मक प्रवृत्ति पनि प्रतिविम्वित भएको बताएका छन् ।

६९ औँ प्रजातन्त्र दिवसको अवसरमा राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जारी लोकतन्त्रिक प्रकृयामा अवरोध सिर्जना गर्ने, विकास–निर्माणमा बाधा हाल्ने, वैदेशिक लगानीकर्तालाई निरुत्साहित पार्ने जस्ता गतिविधिहरु निन्दनीय भएको बताएका हुन् ।

‘यस्ता कतिपय गतिविधिहरु आपराधिक समेत छन्, जुन सैह्य हुँदैनन् । राजनीतिक रङमा रङ्गिएका भएपनि नेपाललाई समृद्ध मुलुकका रुपमा स्थापित हुन नदिने कुनै पनि दुष्प्रयास किमार्थ पनि स्वीकार्य हुन सक्दैनन्,’ प्रधानमन्त्रीले भने, ‘यस्ता गतिविधि गर्नेहरु बिरुद्ध सरकार कडाइका साथ प्रस्तुत हुन्छ, तिनिहरु विरुद्ध सख्त कानुनी कारबाही गर्छ । म फेरि एकपल्ट स्पष्ट पार्न चाहन्छु, मुलुकलाई पछाडि फर्काउने कुचेष्टा कसैले पनि गर्नु हँुदैन ।’

सरकार सञ्चालनको यस वर्षलाई आधार बर्ष भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले आधारको रुपमा संविधान बमोजिमका संरचना निर्माण, संघीयता कार्यान्वयन, वित्त व्यवस्थापन, कानुन तथा जनशक्ति समायोजनलाई सरकारले प्राथमिकता दिएको जिकिर गरे ।

द्वन्द्व व्यवस्थापनको सन्दर्भमा नेपालले मौलिक विधि अपनाएको पनि प्रम ओलीको भनाई थियो । ‘आप्mना समस्या आफैं हल गर्ने अठोटका साथ थालिएको हाम्रो यस कार्यले नेपालको आफ्ना समस्या आफैं हल गर्न सक्ने क्षमता प्रदर्शित भएको छ । अहिले अन्तर्राष्ट्रिय मञ्चहरुमा नेपालको प्रतिष्ठा बढेको छ,’ प्रधानमन्त्रीले भने ।

अनेकौं आरोह–अवरोह पार गर्दै हामी संघीय लोकतान्त्रिक गणतन्त्रको आजको नविन युगमा प्रवेश गरेको बताउँदै प्रम ओलीले अबको यात्रा सुशासन र विकासतर्फको भएको बताए ।

‘परिस्थिति बदलिएको छ, हाम्रा कामका प्राथमिकता पनि फेरिएका छन् । हाम्रो जिम्मेवारी पनि बदलिएको छ । निरङ्कुशतन्त्र र अधिनायकवादलाई परास्त गर्ने हामी अहिले गरिबी, वेरोजगारी, पछ्यौटेपन, विभेद र अविकासका विरुद्ध केन्द्रित भएका छौं । आर्थिक विकास र सामाजिक न्याय सहितको परिपूर्ण लोकतन्त्रलाई विस्तार सुदृढ गर्ने दिशामा अग्रसर छौं । सन् २०२२ सम्ममा नेपाललाई अति कम विकसित मुलुकको स्तरबाट स्तरोन्नती गर्ने र सन् २०३० भित्र दिगो विकास लक्ष्यहरु हासिल गर्ने अभियानमा छौं । हामी हरेक क्षण, सम्भावना र सामथ्र्यको सदुपयोग गर्दै अवसरलाई गुम्न नदिन कटिवद्ध छौं,’ प्रधानमन्त्रीले भने । यतिखेर सरकार “समृद्ध नेपाल, सुखी नेपाली”को ध्येयका साथ आर्थिक एवम् सामाजिक रुपान्तरणका कार्यभार कार्यान्वनमा केन्द्रित रहेको प्रधानमन्त्रीले उल्लेख गरे ।

कार्यक्रमको अवसरमा प्रजातन्त्र प्राप्तिको लामो र वलिदानपूर्ण संघषमा आपूmलाई वलिदान गर्नुहुने सम्पूर्ण आदरणीय ज्ञात–अज्ञात सहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *