चीनले दियो साढे १२ अर्ब अनुदान सहयोग

काठमाडौं, चैत ३ – नेपाल र चीनबीच कुटनैतिक सम्बन्ध स्थापना भएको ६० औं वर्षगाँठको अवसरमा चीन सरकारले नेपाललाई १२ अर्ब ८३ करोड ६ लाख रुपैयाँ अनुदान सहयोग गर्ने भएको छ । आर्थिक र प्राविधिक साझेदारीको रुपमा चीन सरकारले ८० करोड युआन उपलब्ध गराउने समझदारी भएको हो ।

china_nepal_flag_20130425061048
मंगलबार सिंहदरवारमा एक कार्यक्रमबीच उक्त सम्झौतामा हस्ताक्षर गरिएको छ । अर्थमन्त्री रामशरण महतको उपस्थितिमा सम्झौतामा नेपाल सरकारको तर्फबाट अर्थ सचिव सुमन प्रसाद शर्मा र चीन सरकारको तर्फबाट नेपालका लागि चिनियाँ राजदूत वु चुन्ताईले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

यस अनुदान सहयोग दुवै सरकार सहमत भएका विकासका परियोजनाहरुमा उपयोग गरिनेछ । पूर्वाधार विकासलगायतका विकास निर्माणका परियोजनामा उपयोग गरिने यस अनुदानको मुख्य उद्देश्य नेपालको आर्थिक विकासमा सहयोग गर्ने हुने अर्थमन्त्रालयले जनाएको छ ।

यसलाई विभिन्न मन्त्रालयमार्फत आर्थिक वर्ष २०१५ १६ देखि लागू गरिने बताइएको छ ।