पार्टी कार्यालयमै नेविसंघबाट घेरिए देउवा

काठमाडौं– पूर्वनिर्धारित कार्यक्रम अनुसार काँग्रेसको केन्द्रीय समिति बैठक आज ११ बजेलाई बोलाइएको थियो ।

सोही समयलाई ख्याल गर्दै काँग्रेस नेताहरु ११ बजेबाटै पार्टी कार्यालय सानेपा पुगेका थिए ।

तर, सभापति शेरबहादुर देउवा भने निर्धारित समयभन्दा २ घण्टा ढिलामात्रै पार्टी कार्यालय पुगे । २ घण्टा ढिला पुग्दा पनि देउवा सहजै बैठकस्थलमा छिर्न भने पाएनन् ।

म्याद थपेको विरोधमा नेसिंघको असन्तुष्ट समुहले पार्टी कार्यालयमा प्रदर्शन गर्ने खवर देउवाले थाहा नपाउने कुरा थिएन । त्यही भएर देउवा बिहीबार निर्धारित समयभन्दा २ घण्टा ढिलोगरी कार्यालय पुगेका थिए ।

तर, ११ बजेदेखि नै नारावाजी गरेर बसेका नेविसंघ कार्यकर्ता देउवालाई कुरेर बसिरहे । जव देउवा १ बजे पार्टी कार्यालय पुगे असन्तुष्ट नेविसंघ कार्यकर्ताले चर्को नारावाजी सुरु गरे र देउवालाई घेराउ गर्न थाले ।

नारावाजी सुनेका देउवा गाडीबाट ओर्लदै दुई हात जोडेर कार्यालय छिरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *