विरोधका बीच प्रधानमन्त्रीले गरे चोभारमा सुख्खा बन्दरगाहको शिलान्यास

काठमाडौं– स्थानीयको विरोधका बीच प्रधानमन्त्री केपी शर्मा ओलीले उपत्यकाकै ठूलो सुख्खा बन्दरगाहको बिहीबार शिलान्यास गरेका छन् । कीर्तिपुर नगरपालिकाको चोभारस्थित साबिकको हिमाल सिमेन्ट कारखाना परिसरमा बन्न लागेको बन्दरगाहको प्रधानमन्त्री ओलीले उद्घाटन गरेका हुन् ।

बन्दरगाहको शिलनयासको विरोधमा स्थानीयले प्रदर्शन गरेपछि उनीहरलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । काठमाडौको कीर्तिपुर नगरपालिका ६ स्थित साबिकको हिमाल सिमेन्ट कारखानमा बन्न लागेको सुक्खा बन्दरगाहको स्थानीयले विरोध गर्दै आएका छन् । विरोध चोभार संरक्षण समितिको अगुवाइमा भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *