भ्रष्टचारी भन्दै सुगतरत्न कंसाकारलाई कालोमोसो

काठमाडौं । नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई उनकै कार्यकक्षमा कालोमोसो दलिएको छ ।

मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीको युवा संगठन क्रान्तिकारी युवा लिगले उनको कार्यकक्षमै पुगेर कालोमोसो दलेको हो ।

वाइडबडी खरिद प्रकरणमा भ्रष्टाचार भएको भन्दै हालै संसदको सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले कंसारकालाई कारबाहीको सिफारसि गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *