काँग्रेस संसदीय दलको कार्यसमितिमा चार सांसद थपिए

काठमाडौं– नेपाली काँग्रेसका सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले संसदीय दलको कार्यसमिति सदस्य पदमा चार सांसदलाई मनोनयन गरेका छन् ।

सभापति देउवाले काँग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०७४) को धारा १० को उपधारा २(ग) बमोजिम उमेश श्रेष्ठ (ललितपुर),डा. डिला संग्रौला पन्त (मोरङ), देवप्रसाद तिमिल्सिना (रौतहट) र पार्वता डि.सी. चौधरी (दाङ)लाई मनोनयन गरेको काँग्रेस संसदीय दलको कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *