लण्डन आइपुगे तमु ल्होछार मनाउन मन्त्री किरण गुरुङ विमानस्थलमै यसरी भब्य स्वागत (भिडियो सहित )

लण्डन । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ गत बिहिबार राती लण्डन आइपुगेका छन् । उनी तमु धिं युकेको निमन्त्रणामा धर्मपत्नी कृष्णकुमारी गुरुङ श्रेष्ठ सहित बेलायत आएका हुन् ।
तमु धिं युकेले आउँदो आइतबार रेडिङ्गमा आयोजना गर्न लागेको ल्होछार कार्यक्रमको प्रमुख अतिथिको रुपमा उनलाई निमन्त्रणा गरिएको हो । नेकपाका केन्द्रिय सदस्य समेत रहेका मन्त्री गुरुङको स्वागतका लागि तमु धिं युकेका वर्तमान नवौं कार्यसमितिका वरिष्ठ उपाध्यक्ष एवं ल्होछार संयोजक नन्दजङ्ग गुरुङ, निवर्तमान अध्यक्ष सुर्जे (रामचन्द्र) गुरुङ, उपाध्यक्ष हित काजी गुरुङ, सहकोषाध्यक्ष कुमार गुरुङ, सल्लाहकारहरु डेभिड गुरुङ, मोहन गुरुङ, जुम काजी गुरुङ, हरि गोविन्द गुरुङ, ह्यारी गुरुङ, कार्यसमिति सदस्य श्रीप्रसाद गुरुङ लगायत हिथ्रो विमानस्थल पुगेका थिए ।
वर्तमान अध्यक्ष ज्ञाम गुरुङको ममतामयी आमा चिजा गुरुङको असमायिक निधन भई अध्यक्ष गुरुङ बिहिबार दिउँसो दाहसंस्कारका लागि नेपाल गएका छन् । उनको स्वागतार्थ नेपाली दूतावास लण्डनका उपनियोग प्रमुख शरदराज आरन र तृतीय सेक्रेटरी तेजेन्द्र रेग्मी लगायत दूतावास परिवार समेत विमानस्थल पुगेका थिए । त्यस्तै, एनसीआईका एलएन पाण्डे लगायत, समाजसेवी र नेकपाका शुभचिन्तकहरुले समेत उनलाई विमानस्थलमा स्वागत गरेका थिए । तमु धिं युकेका अनुसार मन्त्री गुरुङलाई शुक्रबार साँझ ६ बजे तमु धिं युकेले मिचेटस्थित तमु धिं भवनमा स्वागत गर्ने योजना रहेको छ । त्यस्तै, उनी २९ डिसेम्बर शनिबार साउथ ईष्ट रिजनल तमु धिं लण्डनको र ३० डिसेम्बरका आइतबार तमु धिं युकेद्वारा रेडिङ्गमा आयोजना हुन लागेको तमु ल्होछार कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ । त्यस्तै, उनलाई नेपाली दूतवास लण्डन, तनहुँ समाज युके, एनआरएनए युके र बेलायतस्थित नेकपाका भातृ संगठनले समेत स्वागत गर्ने कार्यक्रम रहेको जनाइएको छ । उनी जनवरी ३ तारिकका दिन नेपाल फर्कने तमु धिं युकेले जनाएको छ । तमु धिं युकेको नवौं कार्यसमितिले आउने ३० डिसेम्बर आइतबारको ल्होछार कार्यक्रममा दसौं कार्यसमितिलाई नेतृत्व हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ । स्मरण रहोस् तमु धिं युकेको गत १७ नोभेम्बरमा सम्पन्न साधारणसभाले वर्तमान वरिष्ठ उपाध्यक्ष नन्दजङ्ग गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । सोही नवनिर्वाचत अध्यक्ष नन्दजङ्ग गुरुङले तमु धिं युकेलाई आगामी दुई बर्ष नेतृत्व दिने छ
तमुधि युकेको फो ल्होछार कार्यक्रमका प्रमुख अतिथि प्रदेश नंवर ४ पोखरा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री माननीय किरण गुरूङ लाई लन्डन हिथ्रो बिमानस्थलमा भब्य स्वागत : लन्डन नेपाल न्युज का लागि शिब भण्डारी प्रकाश कंडेलले तयार पारेको स्थलगत (भिडियो रिपोर्ट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *