काठमाडौं– इन्डोनेसियामा गएको सुनामी सम्बन्धी राष्ट्रपति विद्या भण्डारीको समवेदना सन्देश लेख्दा बधाई लेख्ने सरकारी अधिकारीलाई परराष्ट्र मन्त्रालयले कारवाही गर्ने भएको छ । आज एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले समवेदना लेख्दा त्रुटी गर्ने सम्बन्धित अधिकारीलाई स्पष्टीकरणसहित कारवाही गर्ने जनाएको हो ।
विज्ञप्तिमा भनिएको छ, ‘त्रुटी कसरी हुन गयो भन्नेबारे सम्बन्धित अधिकारीहरुसँग स्पष्टीकरण माग गरिएको छ र तथ्य पत्ता लागेपछि संलग्नलाई उचित कार्वाही गरिने व्यहोरा जानकारी गराईन्छ ।’
विज्ञप्तिमा बुधबार मन्त्रालयबाट जारी विज्ञप्तिम भएको र त्रुटी र त्यसप्रति आमसञ्चरमाध्याम तथा सामाजिक सञ्जालमा आएको प्रतिक्रियाप्रति गम्भीर ध्यानकर्षण समेत भएको जनाइएको छ ।
मन्त्रालयले राष्ट्रपति भण्डारीद्वारा प्रेषित सन्देशमा त्रुटी नभई मन्त्रालयबट जारी विज्ञप्तिमा त्रुटी भएको समेत स्ष्ट पारेको छ । सो त्रुटीप्रति मन्त्रालयले बुधबारनै क्षमायाचना मागिसकेको छ ।






