शिब भण्डारी

लन्डन । नेपाली व्यवसायीले सञ्चालन गरिरहेको लन्डनस्थित ए स्टार फाइनान्सियल सोलुसन्स् यूकेले आफनो सातौ वार्षिकोत्सव मनाएको छ ।
आइतवार सांझ आसफोर्ड केन्टस्थित एभरेष्ट इनमा एक कार्यक्रम आयोजना गरी वार्षिकोत्सव मनाइएको हो । कार्यक्रममा विभिन्न पेशाकर्मी,व्यवसायी, समाजका अगुवा, प्रवुद्ध व्यक्तित्व, ग्राहक, शुभचिन्तक लगायतको सहभागिता थियो ।
ए स्टारका मोर्गेज एड्भाइजर रमेश सराङकोटीले सञ्चालन गरेको उक्त कार्यक्रममा ए स्टारका प्रिन्सिपल तथा नेपाली मुलका पहिलो इन्डिपेन्डेन्ट फाइनान्सियल एडभाइजर मीन दर्लामीले सहभागीप्रति आभार व्यक्त गर्दै क्रिसमस र नयां वर्षको शुभकामना दिए ।
उनले कम्पनी स्थापनादेखि नै बेलायतवासी नेपालीहरुलाई आवश्यक पर्ने रेसिडेन्सियल मोर्गेज, रिमोर्गेज, कमर्सियल मोर्गेज, लाइफ इन्स्योरेन्स, बिल्डिङ तथा कन्टेन्ट इन्स्योरेन्स, वील तथा स्टेट प्लानिङ, पेन्सन तथा इन्भेष्टमेन्ट सहित वन स्टप फाइनान्सियल सर्भिस प्रदान गरिरहेको जानकारी दिए ।एसएनपी प्लसका समिरनाथ प्याकुरेले आफ्नो अनुभव साटा साट गर्दा एक अर्का लाई फाइदा हुन्छ भन्ने.विशेषताका बारेमा बताएका थिए ।

एसएनपी प्लसको सहकार्यमा आयोजित उक्त कार्यक्रममा एनआरएनए यूके अध्यक्ष योग फगामी, ब्यारिष्टर देवेन्द्र श्रेष्ठ,नेपाल पर्यटन बोर्डका पूर्व मानार्थ प्रतिनिधि पशुपति भण्डारी,नेपाल पत्रकार महासंघ यूकेका अध्यक्ष नरेश
खपांगीमगर आईएमई लन्डनका निर्देशक कमल पौडेल, तमु धि यूके पूर्व अध्यक्ष सुवसिंह गुरुङ,बुद्धिजिवी शिवजी श्रेष्ठ,व्यवसायी फत्त थापा, श्री लिम्बु पूर्व काउन्सिलर धन गुरुङ, मगर संघ यूके अध्यक्ष नेम थापा मगर लगायत सहभागीले ए स्टार र एसएनपी प्लसको व्यवसायिक सफलता र क्रिसमस एवं अंग्रेजी नयां वर्षको शुभकामना दिए ।
बेलायतको नेपाली समुदायमा ए स्टार फाइनान्सियल सोलुसन्स कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत नियमित च्यारिटी र बेलायतका प्राय जसो कार्यक्रममा प्रायोजन गर्दै आएको छ। कम्पनीमा दर्लामीसहित रमेश सराङकोटी, कुमार गुरुङ, रबिन्द्र श्रेष्ठ, किशोर राना लगायत अनुभवी मोर्गेज एडभाइजर छन् । ए स्टारको मुख्य कार्यालय लन्डनको हयाङगर लेनमा रहेको छ ।
ए स्टारका मोर्गेज एण्ड प्रोटेक्सन एड्भाइजर रमेश सराङकोटीले एक पावरपोइन्ट प्रिजेन्टेसनमार्फत ए स्टारले बेलायतका विभिन्न क्षेत्रस्थित नेपाली समुदायमा पुगेर गरेको वित्तीय चेतना कार्यक्रमहरुबारे जानकारी गराएका थिए ।









