लोक गायक नविनको यस्तो रहेछ”सुदूरपश्चिम चिनाउने घर (भिडियो सहित)

लण्डन । लोक गायक नविन पौडेलको नया गीत ‘सुदूरपश्चिम घर मेरो’ गीती एल्वम को म्युजिक भिडियो सार्वजनिक भएको छ । सुदूरपश्चिमका नौ वटै जिल्लामा रहेका पर्यटकीय क्षेत्रलाई समेटेर सो गीती एल्वम बजारमा ल्याएका हुन् ।

गायक नविनले सुदूरपश्चिममा मनोरम पर्यटकीय गन्तव्य रहेको र तीनैका प्रचारका लागि आफूले गीत गाएको बताए । उनले आफ्ना गीतबाट सुदूरको पर्यटनमा टेवा पुगोस भन्ने चाहेको बताए ।

भिडियो हेर्नुहोस् —

गीती एल्बमको सुदूरपश्चिम प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्टले धनगढीमा बिमोचन गरिन् । उनले ‘सुदूरपश्चिम घर मेरो’ गीती एल्बमले यस प्रदेशको पर्यटन विकासमा टेवा पुर्याउनेका साथै स्वदेश तथा विदेशमा सुदूरपश्चिमलाई चिनाउन महत्वपूर्ण भूमिका खेल्ने बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *