विप्लव नेतृत्वको नेकपाले शनिबार काठमाडौंमा जनसभा गर्दै

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आगामी शनिबार काठमाडौंमा जनसभा आयोजना गर्ने भएको छ ।

पार्टी पुनर्गठन दिवसको अवसर पारेर चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आगामी ८ गते शनिबार काठमाडौंमा प्रर्दशनसहितको जनसभा आयोजना गर्न लागेको हो ।

पार्टी पुनर्गठन दिवसको अवसर पारेर काठमाडौंमा प्रर्दशनसहितको जनसभा गर्न लागिएको केन्द्रिय सदस्य चिरन पुनले जानकारी दिए । जनसभालाई पार्टीका प्रवक्ता खडगबहादुर विश्वकर्मा (प्रकाण्ड) ले सम्बोधन गर्नेछन् ।

जनसभा काठमाडौंको शान्ति बाटिकामा आयोजना हुनेछ । जनसभामार्फत् पार्टी र सरकारसँग भएको वार्ता, पार्टीको भावी नीति तथा कार्यक्रमको सार्वजनिक गर्ने पनि पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी जनसभामा सहभागी हुन पनि सबैलाई आह्वान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *