बेलायतमा बस्ने गुल्मेलीहरु २ डिसेम्बरमा एकजुट हुँदै,

शिब भण्डारी

लण्डन । गुल्मी जिल्ला समाज यूकेको च्यारिटी कार्यक्रम यस वर्ष डिसेम्बर २ तारिख आइतबारका दिन भब्य रुपमा हुने तयारी हुदैछ ।

विश्व अपांग दिवसको अवसरमा गरिन लागेको यो कार्यक्रम वुल्वीचको लोटस क्लबमा ’मा कार्यक्रम आयोजना हुंदैछ।

यसै बीच बेलायतका लागि नेपाली राजदूत डा.दुर्गाबहादुर सुवेदी गुल्मेली कार्यक्रममा प्रमुख अथिति एबम विशेष अतिथिका रुपमा आशा अपांग केन्द्र तम्घासकी सञ्चालिका गंगा रायमाझी तथा एनआरएनए यूके अध्यक्ष योगकुमार फगामी रहने जानकारी छ । कार्यक्रममा गुल्मीको तम्घासस्थित आशा अपांग केन्द्रबाट पत्रकार जनार्दन घिमिरे आउने जानकारी छ ।

कार्यक्रममा समाजको निमन्त्रणामा बेलायत आएकी लोकदोहोरी गायिका सुशिला गौतम र प्रथम नौमति बाजा गुल्मी यूकेको विशेष सांस्कृतिक प्रस्तुतिहरु लोकप्रिय डिजे हेम विष्टको साथमा रहनेछन् ।

नेपालमा विभिन्न सामाजिक कामहरु गर्ने उद्धेश्यले समाजले हरेक वर्ष च्यारिटी कार्यक्रम गरेर कोष संकलन गर्दै आएको छ । समाजका अध्यक्ष राम गलामीका अनुसार यसपटकको च्यारिटी कार्यक्रमबाट उठेको रकम गुल्मीको धुर्कोट स्थित परमानन्द बहुमुखी क्याम्पस र तम्घासको आशा अपांग केन्द्रलाई सहयोग गरिनेछ ।

च्यारिटी कार्यक्रमका संयोजक तथा समाजका उपाध्यक्ष राजन खरेल, अर्का उपाध्यक्ष फडिन्द्र भट्टराई लगायत साउथ ईस्ट लण्डन क्षेत्रमा बसोबास गर्ने गुल्मेलीहरुको संयोजनमा आयोजना हुंदैछ। कार्यक्रममा सहभागी हुन अल्डरसट, रेडिङ क्षेत्रबाट छुट्टाछुट्टै बस नै रिजर्भ गरेर जाने तयारी छ ।

समाजले यस पटक गुल्मेलीहरुको बाक्लो बसोबास रहेको साउथ ईस्ट लण्डनमा कार्यक्रम गर्न लागेको हो। दिउंसो ३ बजेबाट सुरु हुने सो कार्यक्रममा सहभागितको लागि २५ पाउण्डको टिकट राखिएको छ । कार्यक्रममा माउन्टेन भ्यू रेस्टुरेन्टलाई खाना व्यवस्थापनको जिम्मा दिइएको छ ।

समाजले गुल्मीसहित नेपालका विभिन्न ठाउंमा अपांग, अनाथ, असाहय तथा विकट क्षेत्रका समुदायका लागि विभिन्न परोपकारी कार्यहरु गर्दै आएको छ।

सन २००७ मा बेलायतमा स्थापना भएको गुल्मी जिल्ला समाज यूकेले नेपालको गृह जिल्ला लगायत देशका अन्य स्थानमा गर्ने गरेको परोपकारी कार्यले समाजलाई एक उदाहरणीय संस्थाको रुपमा लिईन्छ ।

कार्यक्रमलाइ देश विदेश सम्म मल्टिमिडियाको प्रयोग गरि लाइभ प्रसारणको लागि लन्डन नेपाल न्यूज डटकमले कभर गर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *