सूदुरपश्चिम प्रदेशको राजधानी गोदावरी राखेकोमा देउवाको आपत्ति

g]kfn blnt ;+3 lhNnf sfo{ ;ldlt lrtjgn] ;f]daf/ e/tk'/df cfof]hgf u/]sf] k|b]z:t/Lo blnt k|ltlglwx?sf nflu b'O{ lbg] k|lzIf0f tyf ;Ddfg sfo{qmdnfO{ ;Daf]wg ug'{x'Fb} g]kfnL sf+u|];sf ;efklt z]/axfb'/ b]pjf . t:jL/ M gf/fo0f clwsf/L, lrtjg÷/f;;

काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सूदुरपश्चिम प्रदेशको राजधानी गोदावरी राखेकोमा आपत्ति जनाएका छन् ।

उनले वातावरणीय लगायतका सबै हिसावले उपयुक्त नभएको ठाउँमा सुदुरपश्चिम प्रदेशको राजधानी तोकिएको भन्दै सो निर्णयको विरोधमा उत्रन पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए ।

शनिबार नेपाल विद्यार्थी संघ, डडेलधुरा सम्पर्क समितिले काठमाडौंमा आयोजना गरेको दसंैको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै रुख काट्ने र ऐस आराम गर्ने नियतका साथ कैलालीको गोदावरीमा सुदुरपश्चिम प्रदेशको राजधानी तोकिएको आरोप लगाए ।

सभापति देउवाले सुदूरपश्चिम प्रदेशको राजधानी सबै हिसावले धनगढीमा उपयुक्त हुने तर्क पनि गरे ।