यूकेएनएफबिएफ च्याम्पियन हिमाल अन्तर्राष्ट्रिय प्रतियोगितामा भिड्दै

प्रतियोगिताका लागि भुजेल अहिले तयारीमा व्यस्त

लण्डन । यूके नेपाल फेडेरेसन अफ बडिबिल्डिंग एण्ड फिटनेस (युकेएनएफबिएफ) ले आयोजना गरेको प्रतियोगिताका विजेता यूकेएनएफबिएफ विजेता हिमाल भुजेलले एक अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिने भएका छन् । यहि अक्टोबर ६ र ७ मा बेलायतको कोभेन्ट्रीमा हुने जोइ वेइडर अमाटिअर ओलम्पियमा भुजेल सहभागी हुने भएका हुन् ।

यो प्रतियोगितामा विश्वभरका नाम चलेका खेलाडीहरुले प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगिताका लागि भुजेल अहिले तयारीमा व्यस्त छन् । व्यवस्थापनको काममा यूकेएनएफबिएफका अध्यक्ष सुक गुरुङ लागि परेका छन् । यूकेएनएफबिएफका अन्तर्राष्ट्रिय प्रबद्र्धक किशोर गुरुङले नेपाली खेलाडीहरु एक दिन विश्वमा चम्किने दाबी गर्दै त्यसको आधार तयार पार्न कोशिस गरिरहेको बताएका छन् ।