एन आर एनए यूकेले एकहजार ८ सय ५० पाउण्ड जुम्ला पठाउदै:

लन्डन । गैर आवासीय नेपाली संघ, बेलायत  एनआरएनए यूकेले जुम्लामा निर्माणाधिन प्रसुति गृहको सहयोगार्थ एक च्यारिटी डिनर कार्यक्रम गरेको छ
सोमबार लन्डन, भेन्यू फाइभ रेष्टुरेन्टमा आयोजित एक च्यारिटी कार्यक्रमबाट संस्थाले एकहजार ८ सय ५० पाउण्ड संकलन गरेको हो ।

2015 NRN UK V5 007

महेन्द्र कंडेलले गत २१ फेब्रुअरीमा विशेष साधारणसभा मार्फत अध्यक्षको 
जिम्मेवारी सम्हालेपछि संस्थाको यो पहिलो सार्वजनिक कार्यक्रम हो ।

महासचिव राजकुमार त्रिपाठीले सञ्चालन गरेको उक्त कार्यक्रममा प्रमुख अतिथी कार्यवहाक नेपाली राजदूत तेजबहादुर क्षेत्री, विशेष अतिथी मदन पुरस्कार विजेता राधा पौडेल, एनआरएनए आइसीसी सल्लाहकार एवं यूके संरक्षक मेजर रि.डमर घले, प्रवासी नेपाली मञ्च बेलायतका अध्यक्ष रामशरण सिम्खडा, नेपाली जनसम्पर्क समिति बेलायतका युवराज गुरुङ, प्रगतिशील नेपाली समाज बेलायतका अध्यक्ष रणबहादुर केसी, नेपाली जनएकता समाज यूके अध्यक्ष पूर्ण लक्सम,  नागरिक समाज बेलायत का डा. चन्द्र लक्सम्बा .नेपलिज नर्सिङ एसोसिएसन, बेलायतकी अध्यक्ष सुशीला कार्की, एनआरएनए यूके आइसीसी सदस्य थर्क सेन, समाजसेवी महिला सुष्मा राई, डा। पुरुषोत्तम पौडेल  लगायतले मन्तव्य दिए । वक्ताहरुले विगतमा संस्थामा जे जस्ता तिक्तता भएपनि अब सामाजिक काममा सक्रिय भएर लाग्न सुझाएका थिए ।

कार्यक्रममा एनआरएनए यूके संरक्षकहरु सूर्य गुरुङ, कुल आचार्य, तमु समाज यूकेका संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ, तमुधिं यूके पूर्व अध्यक्ष सुवसिंह गुरुङ ।तथा  सुरेन्द्र श्रेष्ठ,बबी लामा ,कृष्ण भट्ट जीव  बेलबासे आरति श्रेष्ठ 
 समाजसेवी ध्रुव केसी लगायत  कार्य समिती बाट  सुर्य नेमाङ्ग हिराधन राइ  कृष्ण तिमिल्सिना ठाकुर शर्मा   करिब १००  जनाको सहभागिता थियो । अध्यक्ष महेन्द्र कंडेलको अध्यक्षतामा भएको उक्त च्यारिटीमा मिन रानाभाटले धन्यवाद दिएका थिए

2015 NRN UK V5 009 2015 NRN UK V5 008 2015 NRN UK V5 009 2015 NRN UK V5 010 2015 NRN UK V5 015 2015 NRN UK V5 016 यस अवसरमा बेलायतको रेडियो “रेडियो राईनो” ले प्रत्यक्ष गरेको थियो, भने बरिस्ट पत्रकार भगिरथ योगी एबं पत्रकार बिमला सेने रंजित बस्नेत बाचस्पति रेग्मी शिब भण्डारी मिलन शर्मा समेत को उपस्थिति रेहको थियो