काठमाडौं- कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलत्कारपछि भएको हत्याकाण्डको विषयमा बुझ्न बनाइएको छानविन समितिमा सरकारले जिम्मेवारी दिएका सदस्य वीरेन्द्र केसी पुन काममा फर्किएका छन्।
यसअघि समिति सदस्यबाट राजीनामा दिएका केसीले मंगलबार गृहमन्त्रालयमा गरिएको पत्रकार सम्मेलनमा स्वइच्छाले काममा फर्किएको बताएका हुन्। निर्मला हत्या प्रकरण : राजीनामा दिएर छानबिन समितिबाट अलगिए केसी उनले राजीनामा दिएपछि राजिनमाको कारणका विषयमा सडकदेखि सदनसम्म बहस भएको थियो।
मंगलबार गृहमन्त्रीले कार्यकक्षमा नै बोलाएर उनलाई काममा फर्कन आग्रह गरिएको बुझिएको छ। तर उनले भने स्वइच्छाले काममा फर्किएको बताएका छन्। ‘सरकारले सुम्पेको महत्वपूर्ण जिम्मेवारी निर्वाहा गर्नु प्रत्येक राष्ट्रसेवको अनिवार्य कर्तव्य भएको बोध गरी स्वइच्छापूर्वक आजको मिति देखि समितिमा यथावत रही काममा फर्केको छु’ विज्ञयप्तीमा उल्लेख गरिएको छ।






