नारी दिवसमा चेपाङ महिलालाई दुई हजार ३८० पाउण्ड

IMG_2298

शिव भण्डारी, लण्डन,

शनिवार अल्डरसटस्थित कन्नट स्कुलमा आयोजित १०५ औं अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा मञ्चकी सक्रिय सदस्य इशा गुरुङको पहलमा संकलित दुई हजार ३८० पाउण्ड (करिव साढें तीन लाख) अध्यक्ष रामशरण सिम्खडाले ग्रहण गरे । उक्त रकम छिट्टै नेपाल पठाइने छ ।

गत वर्षको नारी दिवसमा कमलरी पीडित महिलालाई सहयोग गरेको उक्त संगठनले केही महिनाअघिमात्र क्यान्सर पीडित पूर्व सभासद शान्ता चौधरीलाई तीनलाख लाख ६२ हजार रुपैयां सहयोग गरेको थियो ।

कार्यक्रममा शुभकामना दिने क्रममा वक्ताहरुले सामाजिक संस्कार र मानसिकता परिवर्तन नभएसम्म नारी दिवस मनाएर मात्र यसको औचित्य नहुनेमा जोड दिए । महिला सशक्तिकरण, समान अवसर र सम्मानले दिवसको सार्थकता रहने उनीहरुको निष्कर्ष थियो ।

IMG_2280
londonnepalnews.com

कार्यक्रमकी प्रमुख अतिथी मदन पुरस्कार विजेता एवं जुम्लामा बसेर आफ्नो जीवन समाजसेवामा समर्पित सामाजिक अभियन्ता राधा पौडेलले सामाजिक संस्कार, रुढीवादी परम्परा र महिला हिंसाको अन्त्य नभएसम्म नारी दिवस मनाएर मात्र केही नहुने जनाइन् ।

IMG_2288
londonnepalnews.com

एनआरएनए यूके अध्यक्ष महेन्द्र कंडेल र मञ्चका अध्यक्ष एवं विशेष अतिथी रामशरण सिम्खडाले पितृसत्तात्मक नेपाली समाजमा नारी थिचोमिचोका दृष्टान्त पेश 
गर्दै घरबाटै दिदीबहिनीको सम्मान गरेर समाज परिवर्तन गर्न सुझाए ।

IMG_2269
londonnepalnews.com

मञ्चकी सल्लाहकार सुष्मा राईको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेपलिज नर्सिङ एसोसिएसन यूकेकी उपाध्यक्ष प्रसुना कंडेल, समाजसेवी इशा गुरुङ, राधा भट्टराई, नरकुमारी लिम्बु, पत्रकार धु्रवराज अर्याल लगायतले मन्तव्य दिए । कार्यक्रममा मञ्चकी सदस्य एवं कार्यक्रम संयोजक सुशिला राईले धन्यवाद र अर्की सदस्य सरस्वती केसीले स्वागत मन्तव्य दिएका थिए ।
कार्यक्रममा प्रतिमा केसी र विमला गौतमले नारी सम्वन्धि कविता वाचन र गायक भिम निरौलाले आफ्ना नयां पुराना गीत प्रस्तुत गरेका थिए ।