ओम अधिकारी ,
डब्लिन । आयरल्याण्डको डब्लिन सहरमा हालै ९७७ क्रु द्वारा आयोजित ईशान प्रसाई मेमोरिअल साँझ सम्पन्न भएको छ । संगीत प्रेमी स्व इशान प्रसाई एक होनहार युवा जो जीवनका अनगिन्ति सपना लिएर उदाएका थिए । जो एउटा आफैमा सुन्दर कोपिला फक्रन नपाउदै १८ बशन्त पुरा नगर्दै हामी माझ बाट सदाका लागि बिदा भए पनि उनको सम्झनामा सुमुधुर सांगीतिक कार्यक्रम मार्फत उनको सम्झना गरिएको, उक्त कार्यक्रम आफैमा प्रसंसनिय थियो ।
कार्यक्रम, स्व इशानको तस्बिरमा माल्यार्पण र दिप प्रज्वलन गरि नेपाली दुताबास उपनियोग प्रमुख श्री सरद राज आरनले उदघाटन गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथिको आसनबाट नेपाली दुताबास उपनियोग प्रमुख श्री सरद राज आरनले यो समाजले एक भएर स्व इशान प्रसाईलाइ जुन सम्मान र सम्झना गर्ने महत्वपूर्ण कार्यक्रम आयोजना गर्ने आयोजक ९७७ क्रु र इशान प्रसाई मेमोरिअल ट्रस्टको प्रसंशा गर्नुभएको थियो ।भर्खरका युवाको यो अशामयिकनिधनले हामी सबैलाई स्तब्ध बनाएको बताउनुभयो! आउदा दिनमा इशान प्रसाई ट्रस्टलाइ के कस्तो सहयोग गर्न सकिन्छ र तेसका लागि दुताबास बाट चाहिने सहयोगका लागि आफु सकारात्मक रहेको समेत बताउनुभयो ।
तेस्तै बिसेस अतिथि कबि दुश्यन्त भट्टराईले एक मार्मिक कविता बाचन गर्नु भएको थियो ! गैर आवासीय नेपाली संघ आयरल्याण्डका अध्यछ नवराज कोइरालाले आयोजक ९७७ को यस्ता सराहनीय कार्यको प्रसंसा गर्दै इशान प्रसाई ट्रस्टका बारेमा प्रस्ट पार्नुभएको थियो ! तेस्तै अन्तरास्ट्रिय समन्वय समिति सदस्य राजन काफ्लेले स्व इशान प्रसाईको यो शोक लाइ शक्तिमा बदल्नु पर्नेमा जोड दिनुभएको थियो ।
कार्यक्रममा आयरल्याण्डका विभिन्न कुना बाट नेपाली कलाकारहरुको उल्लेख्य सहभागिता थियो भने ट्रस्टको निमंत्रनामा अतिथि कलाकारका रुपमा नलिना चित्रकारले मनमोहक गीतहरु मार्फत दर्शकलाई नचाएकी थिएन । तेस्तै नर्बे देखि सुबाश मैनाली , आयरल्याण्डको विभिन्न छेत्रबाट उक्त कार्यक्रममा सहभागिता जनाउन लिम्रिक कोर्क तिपेररी कार्लो पोर्तलिज़ गल्वे वेस्टपोर्ट, नाभन लगाएत स्थानबाट उल्लेख्य रुपमा सुभेच्छुकहरुको सहभागिता भएको कुरा इशान प्रसाई मेमोरिअल ट्रस्ट आयरल्याण्ड कोर्डिनेटर भिम गौतम साथै गल्वे निवासी सुभेच्छुक राज कुमार महतले बताएका थिए ।
ईशान प्रसाई ट्रस्टका लागि वेब साइड लगाएत प्राबिधिक सहयोग ओम अधिकारीले गरेका थिए । तेस्तै एनआरएन कोशाध्यछ जंघ अधिकारी , रबि बोगटी , अभेध्य पानी गौतम , सुमन गुरुङ , राज कुमार प्रसाई , नारायण सिवाकोटी , रेशम गुरुङ , गणेश गुरुङ , बिनोद कार्की ,अच्युत गैरे , पुर्ब अध्यक्ष जीवन तिमल्सिना , नेपाल आयरल्याण्ड समाज अध्यक्ष दिपेशमान शाक्य , उपाध्यक्ष चन्द्रकला निरौला , महिला संयोजक अन्जु काफ्ले , झापाली समाज अध्यक्ष सनम थापा , लिमिरिक अध्यछ प्रेम घले , जन सम्पर्क समिति अध्यछ शुक्रराज न्यौपाने, भिम गौतम ,जनजाती संघ अध्यक्ष चन्द्र बोम्जन, सुनिता कार्की, रेखा प्रसाई नर्बे , गोपाल आचार्य लन्डन, गुराश मैनाली आदिको सक्रिय सहयोग साथै पुष्पराज कोइराला, सुनिल दाहाल , गोबिन्द खरेलले नेपाल बाट अन्य सहयोग उक्त ट्रस्टलाइ गरेको जानकारी दिएका थिए ।
साथमा एनआरएन ICC पूर्व अध्यक्ष देब मान हिराचन, एनआरएन अन्तरास्ट्रिय समन्वय समिति महासचिब डा बद्रि केसी लगाएत, एनआरएन युके अध्यक्ष योग कुमार फगामी , उपाध्यछ ललित न्यौपाने, महासचिब राज कुमार त्रिपाटि, पर्यटन दुत जर्मनी सन्तोष भट्टराई , सुबाश पोख्रेल, जितु नेपाल , लन्डन नेपाल शिब भण्डारी , जुना प्रसाई , सहकोसाध्यक्ष सोम सापकोटा ICC उपाध्यक्ष कुल आचार्य लगाएतले सुभेछया बेक्त गरेको पारिवारिक स्रोतले जनाएको थियो ।
तेस्तै परिवारका तर्फ बाट सुभेच्छुक सहभागी,आयोजक सबैलाई ईशान प्रसाईका पिता, पर्यटन दुत तथा एनआरएन आयरल्याण्डका पुर्ब अध्यक्ष गणेश प्रसाई र माता गोमा देबी प्रसाईले धन्यवाद ज्ञापन गरेका थिए । ३०० भन्दा बढीको सहभागिता रहेको उक्त सांगीतिक कार्यक्रमलाइ करुणा थापा , श्रिस्टि पाण्डे र प्रकाश श्रेष्ठले संचालन गरेका थिए ।









