कम्पाल, युगान्डा । गैर आबासिय नेपाली संघको तेस्रो अफ्रिका क्षेत्रीय बैठक युगान्डाको राजधानी शहर कम्पालामा हुने भएको छ । बैठक यहि डिसेम्बर २९ र ३० मा हुने भएको हो । एनआरएनए युगान्डाका अध्यक्ष राजमणि भन्डारीका दुई दिन सम्म चल्ने उक्त बैठकको पहिलो दिन उदघाटन कार्यक्रम, नेपाली साहित्य गोष्ठी र सास्कृतिक कार्यक्रम आयोजना हुनेछ ।
दोश्रो दिन अफ्रिका क्षेत्रका एनसीसीका समस्या , प्रगति विवरण, अफ्रिकाको बाटोबाट हुने नेपाली मानवतस्करी , केन्या र तान्जानियाका डान्स बारमा काममा आउने नेपाली चेलीहरुको समस्या, अफ्रिकामा नेपाली कामदारको समस्या, अफ्रिकामा कार्यरत नेपालीले भोग्नु परेको श्रम स्वीकृती, पासपोर्ट नवीकरण आदिको समस्या र सामुहिक लगानी, नेपाल र अफ़्रिकाबिच व्यापार, पर्यटनमा साझेदारी आदि विषयमा छलफल हुने एनसीसी युगान्डाका पुर्व अध्यक्ष रमेश कंडेलले जानकारी गराए ।






