गुल्मेली थापा लन्डनमा सिभिक अवार्ड २०१५ बाट सम्मानित

लन्डन । बेलायतवासी एकजना नेपाली समाजसेवी एवं व्यवसायी फत्त थापा सिभिक अवार्ड २०१५ बाट सम्मानित भएका छन् । रोयल बरो अफ ग्रीनवीचले शुक्रवार टाउन हल उलवीचमा एक समारोहबीच थापालाई उक्त सम्मान प्रदान गरेको हो ।

थापालाई उक्त बरोमा रहेर सामाजिक, आर्थिक तथा सार्वजनिक स्वास्थ्यका क्षेत्रमा उल्लेखनीय काम गरे वापत ‘आउटस्ट्यााण्डिंग कन्ट्रिब्यूसन टु कम्युनिटी’ क्याटगोरिजको अवार्ड प्रदान गरिएको हो ।

मेयर मिक हेज र क्याविनेट लिडर डिनिस हाइल्याण्डले संयुक्त रुपमा उक्त अवार्ड प्रदान गरेका थिए । काउन्सिल चिफ एक्जुकेटिभले सञ्चालन गरेको अवार्ड कार्यक्रममा सयौं उपस्थित थिए ।
अवार्ड पाएपछि थापाले प्रसन्नता व्यक्त गरेका छन् । ‘मेरो सामाजिक कामको मुल्यांकन भएकामा खुशी लागेको छ’, थापाले लण्डन नेपाल न्युज डटकम का  सम्पादक:  शिब भण्डारी  संग भने, ‘नेपाली समुदायका साथै अन्य वृहत समुदायलाई सेवा गर्न पाउंदा आत्मसन्तुष्टि मिल्ने रहेछ ।’ समुदायका लागि अझ समर्पित रहने उनको अठोट छ ।

स्किल्स् एण्ड केयर नामक च्यारिटी संस्थाका सिइयो थापा २० वर्ष यता लन्डनमा छन् । थापा आवद्ध स्किल्स् एण्ड केयर संस्थाले बेलायतमा जन्मे हुर्केका वालवालिकालाई नेपाली भाषा कक्षा सञ्चालन, नेपाली वृद्धवृद्धालाई स्थानीय समुदायसंग समायोजन, नेपाली कला संस्कृति संरक्षण आदि क्षेत्रमा काम गरिरहेको छ जसमा गायक विवेक श्रेष्ठ समेत सक्रिय छन् ।

गुल्मी जिल्ला समाज यूकेका सल्लाहकार समेत रहेका थापा एक सफल व्यवसायी पनि 
हुन् ।