भारतीय जनता पार्टीकी सांसद र अभिनेत्री हेमा मालिनीले आफूले चाहे एक मिनेटभित्र मुख्यमन्त्री बन्न सक्ने बताएकी छिन् ।
उत्तर प्रदेशको मथुराबाट सांसद रहेकी हेमा मालिनीले बिहिबार राजस्थानको बाँसवाडा शहरमा यो बयान दिएकी हुन् ।
उनले भनिन्, ‘यदि मैले चाहे भने एक मिनेटभित्र मुख्यमन्त्री बन्न सक्छु, तर मलाई बन्धन मनपर्दैन । यसले मेरो स्वतन्त्रता खोस्नेछ । यसका लागि म खासै उत्सुक पनि छैन ।’
मौका पाए मुख्यमन्त्री बन्न चाहनुहुन्छ भन्ने प्रश्नमा उनले जवाफ दिएकी हुन् ।
स्थानीय रिपोर्ट अनुसार उनको कुराकानीबाट यो थाहा हुन्छ कि उनी उत्तर प्रदेशको मुख्यमन्त्री पदको कुरा गरिरहेकी छिन् ।
संसदमा प्रवेश गर्नु अघि उनले भारतीय जनता पार्टीका लागि निकै काम गरेको पनि उनले दाबी गरिन् ।
एजेन्सी






