लन्डन । एनआरएन यूकेको एक टोली राज्य परिषद गठन गर्न स्कटल्यान्ड तर्फ प्रस्थान गरेको छ। सोमबार एडिनबरामा हुने स्कटल्यान्ड राज्य परिषद को पहिलो भेला तथा गठन कार्यक्रमका लागि एनआरएन यूके अध्यक्ष योग कुमार फगामी नेतृत्वको टोली आईतवार त्यसतर्फ प्रस्थान गर्दैछ ।
टोलीमा एनआरएन यूके उपाध्यक्ष शेर सुनार, महासचिव आरके त्रिपाठी, उपमहासचिव विनय अधिकारी, धर्म विभाग संयोजक होमनाथ पौडेल, एनआरएन आयरल्यान्डका अध्यक्ष नवराज कोइराला, पूर्व अध्यक्ष गणेश प्रसाईं, पत्रकार ध्रुबराज अर्याल, शिव भन्डारी र उर्जाविद विश्वनाथ कंडेल लगायत छन् ।
यसअघि एनआरएन यूके उपाध्यक्ष तथा राज्य समन्वय विभाग संयोजक ललित न्यौपानेको नेतृत्वमा विभागका सचिव मुकुन्द बास्तोला स्कटल्यान्ड संयोजक तिलक भट्टराई लगायत शनिबार नै स्कटल्यान्ड तर्फ गइसकेका छन् ।
एनआरएन यूके क्षेत्रीय अवधारणामा जाने क्रममा यसअघि नर्दन आयरल्यान्ड र वेल्समा परिषद गठन भइसकेको छ । यसै गरि एनआरएन आइसीसी उपाध्यक्ष कुल आचार्य भने सोमबार आउने कार्यक्रम छ ।
यस्तो लेखेका छन् एनआरएन यूके अध्यक्ष योग कुमार फगामी-–
एनआरआरएन यु के आज को दिन सम्म आइ पुग्दा बिबिध कारणबस बिगत मा राज्य बिस्तार हुन् नसकेको अवस्था मा यस कार्य समिती ले यो राज्य बिस्तार गर्न तिब्र रुप लिएको अवस्थामा नर्दनआएर ल्याण्ड र वेल्स पछि भोलि हुन् गइ रहेको स्कटल्याण्ड राज्य समन्मय परिषद गठन गर्ने क्रम मा त्यस तर्फ को गन्त्यब्य तर्फ हिडियो / बिगतमा एनआरएनए यु के केहि सिमित क्षेत्रमा मात्र सिमित रह्यो भन्ने जनामास मा उठेका जिज्ञासा हरु लाइ मन्थन गरि इतिहासिक यो रास्ट्रबापी अभियान मा जुढेका छौ / यो कार्य सफल गर्न मा हरेक तह र तप्का देखि सहयोग गर्नु हुने सम्पूर्ण मा हार्दिक आभार प्रकट गर्न चाहान्छु / भोलि को दिन पछि हामि केहि क्षेत्र मा मात्र सिमित रहेनौ यु के भरि पुग्यै र पुराउने छौ / अब हामि म होइन हामि र मेरो होइन हाम्रो नारा सहित नेपाली को लागि नेपालि ले नै ! धन्यबाद






