एक दिवसीय विश्वकप क्रिकेटमा आज भारत र वेष्टइन्ड्जिले प्रतिस्पर्धा गर्दैछन् । खेल नेपाली समय अनुसार मध्यान्ह सवा १२ बजेपछि अष्ट्रेलियाको पर्थमा शुरु हुनेछ । भारत समुह ‘बि’ को शिर्षस्थानमा रहेको वेष्टइन्ड्जिलाई हराउँदै अविजित यात्रा लम्ब्याउने दाउमा मैदान उत्रँदैछ । अंक तालिका तेस्रो स्थानमा रहेको वेष्टइन्ड्जि जारी विश्वकपमा नयाँ रेकर्ड कायम गरेका क्रिस गेलको राम्रो प्रदर्शनको आशामा छ । ४ खेल खेलेको वेष्टइन्ड्जिले २ खेलमा जित र एक खेलमा हार बेहोरेको छ । यसअघि हिजो भएको खेलमा स्कटल्याण्ड बंगलादेशसंग पराजय भएसंगै जारी बिश्वकप क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ ।
भारत र वेस्टइण्डिज प्रतिस्पर्धा गर्दै






