काठमाडौं- विश्व हिन्दू महासंघका अध्यक्ष भरतकेशर सिंहको आज विहान निधन भएको छ । सिंहको ललितपुरस्थित बयोधा अस्पतालमा उपचार भैरहेको थियो । अस्पतालले सिंहको आइतबार बिहान सवा तीन बजे बजे निधन भएको पुष्टि गरेको छ । सिंह ८२ बर्षका थिए । उनलाई अस्पताल लैजाँदा पिसाव सम्बन्धी समस्या थियो ।
हृदयाघातका कारण निधन भएको अस्पताल स्रोतले बताएको छ । उनका श्रीमति, तीन छोरा र एक छोरी छन् । पूर्वराजा ज्ञानेन्द्र शाहनिकट सिंह नेपाली सेनाका पूर्वउपरथी हुन् । सिंहको पार्थिव शरीरलाई दिउँसो साढे १२ बजे अन्तिम श्रञ्द्धाञ्जलीका लागि नकालीमा राखिने भएको छ । आजै नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने छ ।
तत्कालीन राजा ज्ञानेनद्र शाहको शासनकालमा उनले राजनीतिक दलको आलोचना गरेका थिए । नेपाललाई हिन्दु राष्ट्र बनाउने उनको अभियान थियो ।






