काठमाडौं– जुम्लामा अनसनरत डा. गोविन्द केसीलाई काठमाडौ ल्याउन मध्यस्तकर्ताको भूमिका निभाउन कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगेका मुख्यमन्त्री महेन्द्र शाहीलाई केसीपक्षधरले भेट्न नदिएपछि जुम्लास्थित नेपाली सेनाको गणमा फर्केका छन् ।
‘मुख्यमन्त्री शाहीसहितको टोलीलाई विद्यार्थी तथा डाक्टरहरुले प्रतिष्ठानको गेटमै रोकेपछि उहाँ नेपाली सेनाको जुम्लास्थित भगवती दल गणमा फर्कनुभएको छ । प्रतिष्ठानमा डा. केसीलाई मनाउने प्रयास भइरहेको छ’ जुम्लाका सहायक सिडिओ टेकबहादुर थापाले बताए ।
उनले मुख्यमनत्रीसहितको टोली केसीलाई भेट्न जाने क्रममा अवरोध गरेपछि झडप भएको भन्दै क्षतीको विवरण आइनसकेको बताए । मन्त्रालयका सहसचिव, जुम्लाका सिडिओ लगायतले प्रतिष्ठानमा केसीका सहयोगिसँग छलफल गर्ने प्रयास भइरहेपनि विस्तृत जानकारी आफुलाई आइनसकेको सहायक सिडिओ थापाले जानकारी दिए ।
उनले हेलिकोप्टर स्ट्याण्डवाई राखिएको पनि जनाए ।
डा. केसीलाई मनाउन गएका मुख्यमन्त्री सेनाको गणमा






