यसपालिको तिजलाई, मिनाअधिकारीको कोशेलि धमाधम निस्कदैं..!!

londonnepalnews

‘होईन रहेछ माईतिघर छोरिको…’ भन्ने बोलको गितबाट सात बर्ष अगाडि सांगितिक क्षेत्रमा पाईला टेकेकि गायिका मिना अधिकारीले गित-संगितका पारखिहरुको मन जित्दै अगाडि बढिरहेकि छन् । २०७० सालमा रास्ट्रिय दोहोरि गित प्रतिष्ठान उपत्यका समन्वय समितिको अवार्ड कार्यक्रममा ‘पब्लिक च्वाईस अवार्ड’  समेत जितेकि मिनाले यसपालिको तिजको कोसेलि स्वरुप ‘मनको लखधुनि….’ भर्खरै बजारमा ल्याईसकेकि छन् भने बिन्दास बुढि…. र झम्के झम्के…बोलका गितहरु पनि बजारमा आऊने तयारिमा रहेका छन् ।

आफ्नो एक पछि अर्को गितबाट श्रोताहरुको मन जित्दै जान सफल मिनाले जापान, दुबई र ओमान जस्ता देशहरुमा आफ्नो दमदार प्रस्तुति पेश गरिसकेकिछन् भने अन्य केहि देशहरुमा पनि कार्यक्रमको लागि कुरा भैरहेको जानकारी हामिलाई प्राप्त भएकोछ । नेपाल भित्र भएका बिभिन्न मेला तथा महोत्सवहरुमा दर्शकको मन जित्न सफल मिनाको ‘गोलभेडाको चटनि..’ मन दुखेको ओखति..’ मेरो छाति चिरेर..’ जस्ता गितहरु श्रोताहरु माझ निकै नै चर्चित रहेका छन् । हजारौं दर्शकहरुको माझमा पनि प्रत्क्षय रुपमा प्रखर दोहोरि गाऊन सक्ने मिनाले आगामी दिनहरुमा पनि यसै क्षेत्रलाई नै निरन्तर रुपमा अगाडि बढाउने र श्रोताहरुको चाहना अनुसारको गित संगितहरु बजारमा ल्याउने प्रतिबद्दता समेत ब्यक्त गरेकिछन् ।