एनआरएनए यूकेले राजेश हमाल, दिलभुषण पाठक र भवन भट्टबीच अन्तरक्रिया गर्दै

शिव भण्डारी

लन्डन । बेलायतमा जुलाई तेश्रो साता नेपाली चलचित्रका हस्ती राजेश हमाल, लोकप्रिय टेलिभिजनकर्मी दिलभुषण पाठक र एनआरएनए केन्द्रिय अध्यक्ष भवन भट्टसम्मिलित एउटा वृहत अन्तरसंवाद हुने भएको छ । जुलाई २१ तारिख शनिबार टिडवर्थ ग्यारिजन थिएटरमा ‘म अनि मेरो मातृभूमि’ विषयक अन्तरक्रियामा माथिका हस्तीहरु आउने तयारी भएको कार्यक्रम संयोजक एनआरएनए यूके युवा संयोजक एलबीजेड गुरुङले जानकारी दिए ।

बिहीबार लन्डनस्थित साउथ हयारोमा आयोजित एक पत्रकार सम्मेलनमा संयोजक गुरुङले युवा लक्षित प्रेरणादायी कार्यक्रमका लागि राजेश हमाल १९ जुलाइमा, दिलभुषण पाठक १८ जुलाइ र भवन भट्ट २० जुलाइमा लन्डन आइपुग्ने जानकारी दिए । बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी, एनआरएनए यूके अध्यक्ष योगकुमार फगामी र महासचिव आर के त्रिपाठी पनि अतिरिक्त वक्ताका रुपमा हुनेछन् ।

कार्यक्रम संयोजक गुरुङले उक्त कार्यक्रममा सहभागी भएर सफल बनाइदिन सबैमा आग्रह गरेका छन् । नेपाल सरकार समृद्धिको प्रमुख नारा लिइ अगाडि बढिरहेका बेला युवा तप्कालाई प्रतिनिधित्व गर्ने हस्तीहरुले आ आफ्ना अनुभव बांड्नेछन् । उनीहरुले अन्तरसंवादका क्रममा देश समृद्धिका लागि प्रवासका नेपाली र युवाहरुको समेत विशेष भूमिका रहनेबारे बताउने छन् । पत्रकार सम्मेलनमा एनआरएनए यूके महासचिव आर के त्रिपाठीले युवा लक्षित यस कार्यक्रम एनआरएनए यूके इतिहासमा पृथक र ऐतिहासिक हुने बताए ।

कार्यक्रममा पूर्व मिस यूके नेपाल गौमाया गुरुङले सञ्चालन गर्नेछन् । कार्यक्रममा योग कुमार फगामी ,जीवा लामिछाने, कुमार पन्त र कुल आचार्य समेत सहभागी हुनेछन् । कार्यक्रममा एनआरएनए यूके प्रमुख संरक्षक डमर घले, संरक्षकहरु महन्त श्रेष्ठ, सूर्य गुरुङ, कुल आचार्य, योगेन क्षेत्री, महेन्द्र कंडेल र मुछेत्र गुरुङ पनि सहभागी हुने बताइएको छ । आयोजकले कार्यक्रममा आएर  हौसला प्रदान गर्न बिशेष आग्रह गरेका छन् ।