इंग्ल्याण्डले कोलम्बियालाई हरायो

लन्डन

इङ्ल्याण्ड र कोलम्बियाबीचको खेलमा इङ्लिस टोलीले पेनाल्टी मार्फत कोलम्बियालाई हराएकोछ।

इन्जुरी टाइममा कोलम्बियाले बराबरी गोल फ्रकाएपछि अतिरिक्त समय हुँदै टाइब्रेकरमा पुगेको खेलमा  इङ्ल्याण्ड ४-३ ले विजयी भएको छ।

टाइब्रेकर कोलम्बियाले २ पेनाल्टी मिस गरेको थियो। जीतका लागि इङ्ग्ल्याण्डले अन्तिम पेनाल्टीसम्म कुर्नु परेको थियो।

पेनाल्टी मार्फत इङ्ल्याण्डले विश्वकप इतिहासमा जीत हात पारेको यो पहिलो अवसर हो।

क्वाटरफाइनलमा उसले स्वीडेनको सामना गर्नेछ।

मंगलबार अबेर राती सम्पन्न भएको खेलमा पेनाल्टीबाट इङ्लिस टोलीलाई खेल सुम्पनुअघि कोलम्बियाले खेलको ९३ औं मिनेटमा गोल गर्दै लगभग इङ्ल्याण्डको पक्षमा गइसकेको खेलमा रोचक पुनरागमन गरेको थियो।एरी मिनाले कोलम्बियाका लागि सो बराबरी गोल गरेका थिए ।

इङ्ल्याण्डको विजयसँगै जारी विश्वकपको क्वाटरफाइनलको समिकरण पूरा भएको छ। इङ्ल्याण्डसँगै क्वाटरफाइनलमा ब्राजिल, फ्रान्स, उरूग्वे, स्वीडेन, बेल्जियम,रसिया र क्रोएशिया पुगेका छन्।