लण्डन । इंग्ल्याण्ड विश्वकप २०१८ को समुह चरणबाट अन्तिम १६ मा प्रवेश गर्न सफल भएको छ । आइतबार समुह चरणको दोस्रो खेलमा शानदार जित निकालेपछि इंग्ल्याण्ड एक खेल बांकी रहंदै अन्तिम १६ मा पुगेको हो ।
यस क्रममा इंग्ल्याण्डले पनामालाई ६ -१ ले हरायो । इंग्ल्याण्डका लागि कप्तान ह्यारी केनले महत्वपुर्ण ह्याट्रिकको योगदान गरे । २२ औं र ४६ औं मिनेटमा पाएको पेनाल्टीमार्फत २ गोल गरेका केनले ६२ औ मिनेटमा तेस्रो गोल थपे । इङ्ल्यान्डका लागि स्टोन्सले २ र लिङारडले १ गोल गरे ।
खेलमा निरीह पनामाले मात्र १ गोल फर्काउन सक्यो ।
समुह चरणको पहिलो खेलमा इंग्ल्याण्डले ट्युनिसियाविरुद्ध २ १ को जित हात पारेको थियो । आउंदो विहिबार इंग्ल्याण्डको समुह चरणको अन्तिम खेल बेल्जियमसंग हुनेछ ।






